arrow

जबरा र लोहनीको टेलिफोन पर्खाइमा थापा

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
kamal-thapa1.jpeg

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीको टेलिफोनको प्रतीक्षा रहेको बताएका छन् । राप्रपा र राप्रपा (संयुक्त) बिच पार्टी एकताको सबै सहमति भैसकेको बताउदै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

नेतृत्व ,सिद्धान्त र चुनाव चिन्हको बिषय टुंगो लागिसकेको खुलासा गर्दै थापाले भने "मात्र पशुपतिशमशेरजी र डाक्टर लोहनिजीको टेलीफोनको प्रतीक्षा छ ।" बुटवलमा सन्चारकर्मीसँग कुरा गर्दै थापाले महाधिवेशनलाई बल पुग्ने गरि पार्टी एकता हुने स्पष्ट पारे ।

'उहाँहरुले खबर नै गर्नु भएन भने चुप लागेर बस्ने कुरा भएन , संगठन निर्माणको काम निरन्तर अघि बढ्छ' थापाले भने । सरकार ढाल्न खोज्ने को हो? जनताले थाहा पाउनु पर्ने भन्दै थापाले जनता स्थिरता र समृद्धिको पक्षमा रहेको बताए । मुलुकमा ब्याप्त भ्रष्टाचार, बेथिति र ब्रम्हलुटको अन्त्य बिना मुलुकले स्थायित्व पाउन नसक्ने उनको धारणा थियो ।

राजा र राजसंस्थालाई अनावश्यक बिबादमा पार्न नहुने भन्दै चुनाव भन्दा माथिको साझा संस्थाको रुपमा राजसंस्थालाई राख्नु पर्ने उनको भनाई थियो । पत्रकार सम्मेलनमा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,उपाध्यक्ष तोरण बहादुर गुरुङ ,प्रदेश अध्यक्ष प्रदिप उदय ,सहायक महामन्त्री राजाराम बर्तौलाको उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ