arrow

इस्लामिक धार्मिक सम्मेलनमा आएका भारतीयको मृत्यु

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
dead2.jpg

सप्तरी । इस्लामिक धार्मिक सम्मेलनमा नेपाल आएका एकजना भारतीय नागरिकको दुर्घटनामा मृत्यु भएको छ ।  सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित  गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र  ६ जना घाइते भएको हो ।  

मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।  

 सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो ।

दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ