arrow

महराको निलम्बन फुकुवा

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
krishna-bdr-mahara-new.jpeg

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको निलम्बन फुकुवा भएको छ ।  प्रतिनिधिसभाको बैठकमा जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको हो ।

 प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको थियो। मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन्।

तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ  दिएको थियो।  संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा पुगेका थिए ।

एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो।

महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाण्डौको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले भने जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुंगो लगाउन आदेश दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ