arrow

काकाको आँपको बगैचामा युवकको रहस्यमयी मृत्यु

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
bibek.JPG

धनुषा । धनुषाको मिथिला नगरपालिका ढल्केवरमा अपराधमाथि अपराध बढिरहेको छ । करिव एक महिनादेखि ढल्केवरमा श्रृंखलाबद्ध अपराधिक घटनाहरु हुँदै आएपनि प्रहरी प्रशासन किन अपराधी पक्राउ गर्न चुकिरहेका छन  ? स्थानीयहरुको प्रश्न रहेको  छ ।

ढल्केवरमा जनकपुर टुडे पत्रिका बाँड्ने मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ब्रम्हदेव महतोका छोरा १६ वर्षीय विवेक कुमार महतोको शव आफ्नो काकाको आँपको बगैचामा झुण्डिएको अवस्था मंगलबार बिहान साढे ८ बजे फेला परेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार विहान ८ बजेसम्म पत्रिका बाँड्दै हिँडेका युवक साढे ८ बजे अचानक झुण्डिएको अवस्थामा भेट्नु रहस्यमय रहेको स्थानीयले बताए ।

ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत विवेकले आत्महत्या होइन्, उनलाई हत्या गर्न लगाइएको पीडित परिवारले दाबी छ ।

युवकले आत्महत्या गरेको हो की आत्महत्या गर्न उत्प्रेरित गरिएको हो, यो अनुसन्धानको विषय  देखिएको  पीडित परिवारले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ