arrow

प्रकाण्डका छोरा बानेश्वरबाट पक्राउ

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
prakanda.jpg

काठमाडौँ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा पक्राउ परेका छन्  । काठमाडौँको बानेश्वरबाट प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

 महानगरीय अपराध महाशाखाको टोलीले नरेन्द्र र नेकपाका केन्द्रीय सदस्य प्रकाश बिकलाई सोमबार पक्राउ गरेको छ ।

प्रकाण्डका छोरा नरेन्द्र पार्टीको विद्यार्थी संगठनका कोषाध्यक्ष हुन् ।

पक्राउ परेका दुवैजनालाई अदालतबाट पाँच दिनको म्याथ थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ