arrow

भैसी चोर्ने गिरोह पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ फागुन ६ मंगलबार
bhaisi1.jpg

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले भैसी चोर्ने गिरोह पक्राउ गरेको छ । फागुन ३ गते राती भीरकोट १ बस्ने तेजबहादुर केसीको दुईबर्षको पाडी र फागुन ४ गते राती भीरकोट २ बस्ने जमुना केसीको ७ बर्षको लहिनो भैसी गोठबाटै चोरी भएको थियो ।

 भैसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जिप सहित दुईजनालाई पक्राउ गरेको थियो । भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही जिपमा सवार सोही स्थानका बर्ष २७ का महमद अलिलाई पक्राउ गरेको थियो । ग १ ज ५८४१ नम्वरको जिपमा भैसी र पाडी बयरघारी तर्फ ल्याउदै गर्दा प्रहरीले साधनी पुछनी गरेपछि भैसी किनेको खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

 तेजबहादुर र जमुनालाई सोही स्थानमा बोलाई भैसी पाडी देखाउदा निजहरुले आफ्नो बताएपछि जिप सहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताए ।

प्रहरीले भैसी चोरमा संलग्न भएका अलिद्धयलाई जिल्ला अदालमा म्याद थपी अनुसन्धान थालेको जनाएको छ । दुई तिनबर्ष अगाडी देखि भैसी चोरीको घट्ना हुदै आएको खुलेको छ प्रहरी निरिक्षक घिमिरेले भने,“चोरीको घट्नामा अन्य व्याक्तिहरु पनि संलग्न छन् या छैनन् भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।” भैसी चोरी गर्ने घट्नामा ठुलै गिरोह हुन सक्ने शंका उत्पन्न भएको छ उनले भने ।

भैसी चोर्ने घट्ना भने स्याङ्जामा यो पहिलो हो । मानिसले भैसी हराएको मानेका कारण पनि खासै यो बाहिर नआएपनि यो घट्नाले भने सबै तथ्य पत्ता लगाउनेमा प्रहरी विश्वस्थ रहेको छ ।  अन्य सामाग्री चोरीका घट्ना आएपनि भैसी चोरीको घट्ना भने जिल्लामा पहिलो भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

भैसी चोरी भएको उजुरी प्रहरीकोमा आउन साथ प्रहरीले २४ घण्टामा चोर पक्राउ गर्नुले प्रहरीले सफलता हासिल गरेको स्थानीयले बताएका थिए । चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । नीज चोरीमा संलग्नलाई सोही अनुसारको मुद्धा चलाइएको वडा प्रहरी कार्यालयका मुद्धा शाखा प्रमुख तथा प्रहरी नायव निरिक्षक युवराज चन्दले जानकारी दिए ।

कारवाहिको माग - भैसी चोर्ने व्याक्ति प्रहरीले पक्राउ गरेपछि चोरालाई कडा भन्दा कडा कारवाहिको माग गर्दै प्रहरी निरिक्षक निरन्जन घिमिरे सगँ स्थानीयहरु । भीरकोट १ र २ का सबै स्थानीयहरु वडा प्रहरी कार्यालय पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ