arrow

३२९ कैदीको कैद मिनाहा

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
bidhya.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन‍् ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ