arrow

मौसमः वर्षा र हिमपातको सम्भावना, तापक्रम बढ्दो

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान सामान्य बदली रहेको छ । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

अन्य क्षेत्रमा मौसम सफा रहेको वरिष्ठ मौसमविद् राजु प्रधानांगले जनाएका छन् । 

उनले दिउँसो पश्चिमी क्षेत्रमा बदली हुने हुनाले केही सतर्कता अपनाउन आग्रह गरेका छन् । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।

दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

तापक्रम भने बिस्तारै देशभर बढ्दै गएको छ । काठमाडौंको बुधबार बिहानको तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । मंगलबारको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको थियो । 

अधिकतम तापक्रम २२.२ डिग्री सेल्सियस रहेको थियो । 

यस्तो छ दुई दिनको मौसम पूर्वानुमान 
फागुन ८ गते बिहीबार 

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

राति देशभर सामान्य बदली रही पश्चिमका केहि भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ९ गते शुक्रबार

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भूभागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ