arrow

स्ववियु निर्वाचन स्थगित गरिएकोमा नेविसंघको आपत्ति

त्रिविविको हर्कतविरुद्ध गोलबद्ध हुन लोकतन्त्रवादी विद्यार्थीहरुलाई आग्रह 

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिमा विषेश कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको थियो । 

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकार र त्रिभुवन विश्वविद्यालयले षड्यन्त्रपूर्ण तबरले स्ववियू निर्वाचन स्थगित गरेको बताए । 

भट्टराईले विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसंग कुनै छलफल नै नगरि स्ववियू निर्वाचन स्थागित गरेको बताएका छन् । 

उनले सरकार र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका अस्तित्व समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए । भट्टराईले विज्ञप्तिमा भनेका छन् –‘नेपाली विद्यार्थी आन्दोलन एउटा ऐतिहासिक उपलब्धी स्वतन्त्र विद्यार्थी युनियनका स्थापनामा नेपाल विद्यार्थी संघका अग्रजहरुको रगत र पसिना जोडिएकाले नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व जोगाउनका लागि जस्तोसुकै मुल्य चुकाउन तयार छ ।’ 

महामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएमा आफ्नो मनलाग्दी रोकिने डरले स्ववियूको अस्तित्वमाथि धावा बोल्ने प्रयासमा लागेको बताए । उनले लोकतन्त्र र स्वतन्त्रताका मुल्यमान्यताहरुमाथि धावा बोल्दै आएको बर्तमान सरकार र त्रिभुवन विश्वविद्यालयको स्वार्थ मिलेका कारण विद्यार्थी संगठनलाई दोष दिएर स्ववियु निर्वाचन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन् –‘विश्वविद्यालयको नेतृत्वलाई स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचन भए आफ्नो मनोपोली रोकिने डर र सरकारलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदा प्रजातान्त्रीक अभ्यास भएर प्रजातन्त्र र लोकतन्त्रको बलियो संस्था बन्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हठात रोक्न तयार भएका छन् । सरकार र त्रिभुवन विश्व विद्यालयको यो हर्कतका विरुद्धमा सम्पूर्ण लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द हुन समेत आग्रह गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ