चैतको महाधिवेशनका लागि नेपालगञ्जमा प्रेस युनियनको सचिवालय
प्रकाशित २०७६ फागुन ७ बुधबार
511
Shares
नेपालगञ्ज । आगामी चैतमा आयोजना हुने नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनका लागि बाँकेको नेपालगञ्जमा सचिवालय स्थापना गरिएको छ ।
चैत २१ र २२ गते हुने महाधिवेशनका लागि युनियनले मंगलबार सचिवालय स्थापना गरेको हो । केन्द्रीय अध्यक्ष बद्री सिग्देलले औपचारिक कार्यक्रम गरी सचिवालयको उदघाटन गरेका छन् ।
सिग्देलले नेपालगञ्ज महाधिवेशनलाई भब्य बनाउने बताए । उनले महाधिवेशनमा देशभरिबाट युनियन सम्बद्ध झन्डै दुई हजार पत्रकार नेपालगञ्ज आउने बताए ।
महाधिवेशन सम्पन्न गर्न उप–महासचिव प्रेम केसीको संयोजकत्वमा महाधिवेशन परिचालन समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।