arrow

कृष्ण पहाडीका मनकारी बाबुले गरे १ करोड सहयोग

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
Badri_pahadi_with_son_Krishna_Pahadi.jpg

काठमाडौं ।  मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका मनकारी बाबु बद्रीप्रसाद पहाडीले एक करोड सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। विराटनगर निवासी प्रसिद्ध समाजसेवी पहाडीले मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्यालय भवन निमार्णका लागि एक करोड सहयोग प्रदान गर्ने घोषणा गरेका हुन्।

 यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम क्रमश जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ ।

समाजका सभापति उत्तम पुडासैनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'  यो विशाल राशी सहयोगका लागि मनकारी  बद्रीप्रसाद पहाडीप्रति मानव अधिकार तथा शान्ति समाज हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ । स्मरणीय छ पहाडी परिवारद्वारा सेवामुखी विभिन्न संघ संस्था तथा निकायलाई यस वर्ष १ करोड ३२ लाख नगद र जग्गा गरी पौने दुई करोड सहयोग प्रदान गरिएको छ ।'

यसअघि  समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा  अक्षय कोष स्थापनार्थ पहाडी परिवारले १० लाख नगद दिएका छन्  । साथै कृष्ण पहाडीका बाबु बद्री पहाडीले जग्गा दान गर्ने  घोषणा गरिसकेका छन् । पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालीकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा समाजसेवी पहाडीले गरिसकेका हुन् । त्यो त्यही जग्गा हो जहाँ अवस्थित घरमा शान्ति समाजका संस्थापक सभापति पहाडीको जन्म भएको थियो ।

यसैगरी  पहाडीकी पत्नी स्व. राधादेवी दाहालले निकट अतितमा मोरङ जिल्ला स्थित पुरानो दादर बैरिया हालको धनपालथान गाँउ पालिका वडा ५ मा आधारभुत स्वास्थसेवा केन्द्र भवन निर्माणका लागि लाखौ मुल्यको ४ कठ्ठा जग्गा प्रदान गरेकी थिइन्।

साथै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो  बैँक खातामा भएको रकम मानव अधिकार तथा शान्ति समाजमा दिने घोषणा गरेका छन्  । यसैगरी आफुले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गरेका छन् । ५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ