arrow

तरुण दलका महासचिवद्वारा गाउँ कालिकोटलाई एम्बुलेन्स

logo
सीता डोटेल,
प्रकाशित २०७६ फागुन ७ बुधबार
ambulance.jpg

काठमाडौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले आफ्नो गाउँ कालिकोटका जनताको स्वास्थ्य सेवाको सहजताका लागि एम्बुलेन्स दिएका छन् ।
         
राजनीतिसंगै सामाजिक सेवामा उत्तिकै सक्रिय शाहीले विकट कर्णाली प्रदेशको कालिकोटका स्थानीय बिरामी हुदा पनि सहजै उपचारको लागि अस्पताल जान समस्या भैरहेका बेला बिरामीको सहज र सरल छिटो छरितो उपचारलाई लक्षित गर्दै विभिन्न सस्थाको समन्वयमा गाउमा एम्बुलेन्स पुर्याएका हुन् । यसअघि प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट उमेदवार समेत रहेका शाही गाउको विकासमा निरन्तर लागी परिरहेका छन् ।

दुर्गम र अति विकट मानिने कालिकोट जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका बिरामीहरुलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने उद्धेश्यले एम्बुलेन्स दिएको शाहीले बताए । यहाँ गाडी पाउन समस्या छ, गाडी आएर जाउ भन्दासम्म बिरामीको अबस्था नाजुक भैसक्छ उनले भन्नुभयो-हामी त्यही समुदायमा हुर्किएकालाई पीडा थाहा छ,त्यसैले सानो मलमपट्टी लगाउन भएपनि एम्बुलेन्स दिने सोच गरे ।

शाहीले नोबेल मेडिकल कलेज बिराटनगरका संचालक सुनिल शर्मा संगको समन्वय र  सहयोगमा प्राप्त एम्बुलेन्स कालिकोटको स्थानिय पृथ्वी रक्तदान फाउन्डेशन नामक सस्थाको संरक्षण र रहोबरमा चलाउने गरि सस्थालाई दिने तयारी गरेको बताए । आगामी फागुन ९ गते शिबरात्रीको अबसर पारेर कालिकोटमा औपचारिक कार्यक्रम मार्फत सस्थालाई एम्बुलेन्स  हस्तान्तरण गरिने छ ।

कालिकोटमा यातायातको भरपर्दो व्यवस्था छैन ।  रोग,भोग र गरिबीले व्याप्त कालिकोटमा समयमा नै उपचार नपाएर वर्षेनि धेरैले ज्यान गुमाउन बाध्य छन् । समयमा नै यातायातको सुविधा नपाउनु र बिरामी बोक्ने साधन छुट्टै सहजताले नपाउदा जुनसुकै गाडीमा भएपनी जानुपर्ने बाध्यताका बिच बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अबस्था रहेको नेपाली कांग्रेस कालिकोटका उपसभापति शंकर प्रसाद उपाध्यायले बताए। नागरिकको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै युवा नेताले गाउ र गाउँलेलाई सम्झेर एम्बुलेन्स सेवा दिनु निकै उदारहणीय काम भएको उनले बताए । यस एम्बुलेन्सले त्यस क्षेत्रका हजारौं नागरिकलाई राहत प्रदान गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ