arrow

हाँगामा बसेर फेद काट्ने कालिदासको हविगत स्मरण गर्न ओलीलाई भट्टराईको सुझाव

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
oli-baburam.jpg

काठमाडौं ।  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालीदासको हविगत स्मरण गर्न सुझाव दिएका छन् ।  प्रधानमन्त्री ओलीले मातातीर्थस्थित नेपाल ट्रस्टको १७४ रोपनी जग्गाको छानविन हुने बताएपछि पूर्व प्रधानमन्त्री भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

पूर्व प्रधानमन्त्री भट्टराईले  'सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले प्रम केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा/मोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।'

भट्टराईले अरूमाथि हिलो छ्यापेर आफ्नो आंगको फोहर पखालिन्न भन्ने बुझ्न भनेका छन् । भट्टराईका अनुसार 'मन्त्रीपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला ! जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन !'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ