arrow

आमरण अनसनमा बसेका लक्ष्मण थारू अस्वास्थ्य, संवेनदशील हुन आयोगको आग्रह

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
manab-adhikar_aayog.jpg

काठमाडौं । अनसनरत थारूवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य अवस्थाप्रति संवेनदशील हुन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।  

नेता लक्ष्मण थारू संविधान संशोधन लगायतका विभिन्न माग राखेर गत फागुन १ गतेदेखि कैलालीको धनगढीमा आमरण अनसनमा रहेका छन् ।

निजको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको टोलीले अनुगमन गरेको छ ।

अनसनका कारण निजको रक्तचापमा अस्थिरता देखिएको, टाउको दुख्ने, ढाड दुख्ने एवम् स्वास्थ्य अवस्था कमजोर हुँदै गएकोले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको अनुगमनको क्रममा बुझिएको छ । साथै, अनसनमा रहेका लक्ष्मण थारूको स्वास्थ्य अवस्था सम्बन्धमा हालसम्म सम्बन्धित निकायबाट कुनै पहल नभएको अनुगमनबाट पाइएको छ ।
 
 थारुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजका मागहरू सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुग्न तथा निजको जीवन रक्षाको लागि आवश्यक पहल हुन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ।

 साथै, आपसी विमतिका विषयहरूलाई वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानको लागि  आमरण अनसन जस्तो कठीन बाटो नरोज्न समेत आयोगले थारूवान राष्ट्रिय मोर्चालाई आग्रह गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ