arrow

केही स्थानमा वर्षा, हुस्सु र कुहिरोले दिउँसै प्रभाव पार्ने 

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
weather.jpg

 काठमाडौं । हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । उक्त कारणले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिने क्रममा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । 

बिहीबार बिहान पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । शनिबारसम्म कमै घाम लाग्नेछ । पहाडी र हिमाली भेगमा हुस्सु र कुहिरो लागिरहेको छ । 

मौसमविद् बरुण पौडेलका अनुसार दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने भएकाले सवारी साधन चलाउन समस्या हुने देखिएको छ । हवाइ सेवा पनि प्रभावित हुन सक्नेछ ।  

बिहीबार देशभर नै आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

काठमाडौं उपत्यकामा आंशिक बदली रहेको छ । पश्चिमी र सुदूपश्चिमी क्षेत्रमा पनि बदली रहेको छ । शनिबारदेखि पश्चिमी वायुको प्रभाव सकिँदै जाने मौसमविद् पौडेलले जनाएका छन् । 

काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम बढी भए पनि हुस्सु र कुहिरोले समस्या पारेको छ । भिजिबिलिटी बिहान २५ सय मिटर मात्रै छ । 

यस्तो छ शुक्रबार र शनिबारको पूर्वानुमान

फागुन ९ गते शुक्रबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । 

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पुर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ।  पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

फागुन १० गते शनिबार

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ ्र

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ