arrow

मन्त्री बास्कोटाले कमिसनको हिसाब गरेको स्वीस कम्पनी भ्रष्टाचारमा पहिल्यै संलग्न

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
gokul-baskota-swiss.jpg

काठमाडौं । एक स्वीस कम्पनीबाट सेक्युरिटी प्रेस खरीद प्रकरणमा संचारमन्त्री गोकुल बास्कोटा कमिसन लेनदेनमा मुछिएका छन् ।

संचारमन्त्री बास्कोटाले ७० करोड कमिशन लिन उक्त सेक्युरिटी प्रेस भित्र्याउन खोजेको आरोप उनको सार्वजनिक भएको अडियोले पुष्टी गरेको छ । यसको हाम्राकुराले अडियो ब्रेक गरेको थियो ।  

यसअघि जर्मन प्रिन्टिङ प्रेस निर्माता कोइनिङ एन्ड बाउर केबीएको स्वीस सहायक कम्पनीलाई भ्रष्टाचार मुद्दा लागेपछि ३ करोड ५० लाख अमेरिकी डलर भुक्तान गर्न राजी भएको थियो । 

तीन वर्षअघि सन् २०१७ को फेब्रुअरी २४ मा स्वीसइन्फोडटसीएचले प्रकाशित गरेको समाचार अनुसार महान्यायाधिवक्ताको कार्यालयले डेर स्पिगलमा बसेको सम्झौताको अघिल्लो रिपोर्टलाई पुष्टि गरेको थियो । 

केबीए नोटसिसलाई विदेशी एजेन्टद्धारा भ्रष्टाचार रोक्न पर्याप्त कार्य गर्न नसकेको आरोप लगाइएको थियो । यी घटनाहरु ब्राजिल, नाइजेरिया, मोरक्को र काजखस्तानबाट आएको अर्डरमा समावेश गरिएको पनि बताइएको छ । कम्पनीले सन् २०१५ मै आफै अनियमितता पत्ता लगाएपछि यसको सूचित गरेको थियो । 

कम्पनीले सरलीकृत प्रक्रियाको रुपमा सम्झौतामा सहमति जनाएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ताले बताएका थिए । 

कम्पनीको ३ करोड डलर नाफा संघीय कफर्समा भुक्तानी हुने र ५० लाख डलर फर्मले अनुपालन प्रक्रियालाई कडा बनाउनका लागि खर्चिने सहमति भएको समेत बताइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ