arrow

प्रम ओलीलाई थापाको सुझाव- 'बास्कोटालाई तत्काल हटाउनुहोस्'

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनीक भएपछि राप्रपा अध्यक्ष कमल थापाले बास्कोटालाई तत्काल मन्त्री पदबाट हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।  

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको  अडियो सार्वजनीक भएसँगै राप्रपा अध्यक्ष थापाले बास्कोटालाई तत्काल मन्त्री पदबाट हटाइ छानबिन गर्न माग गरेका हुन् ।

बिहिबार ट्वीट गर्दै थापाले लेखे 'प्रधानमन्त्री ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।'

त्यस्तै राप्रपाका अर्का नेता राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई फोहरको डङ्गुरमाथि बसेर शुद्धताको मन्त्रोच्चारणको कुनै अर्थ नरहने बताएका छन् । उनले द्वीटर मार्फत प्रधानमन्त्रीको पोल्टामा बसेकाहरुबाट कुन तह र तरिकाको भ्रष्टाचार भईरहेको छ यो सानो र एउटा  उदाहरण मात्र हो भनेका छन्।

द्वीटरमा लिङ्दे लेखेका छन् ', @PM_Nepal तपाईका काख पोल्टामा बसेकाहरुबाट कुन तह र तरिकाको भ्रष्टाचार भईरहेको छ। यो सानो र एउटा  उदाहरण मात्र हो। यस्ता मानिसलाई तत्काल पद मुक्त गरेर छानविन थाल्नु पर्छ। अन्यथा फोहरको डङ्गुरमाथि बसेर शुद्धताको मन्त्रोच्चारणको कुनै अर्थ रहन्न।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ