arrow

प्रम ओली र प्रचण्ड जुटे बास्कोटा प्रकरण बारे छफलमा

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
oli-prachanda.jpg

काठमाडौं‌। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिच सञ्चार तथा सूचनामन्त्री गोकुल बास्कोटाको बिषयमा छलफल भइरहेको छ ।

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको  अडियो सार्वजनीक भएसँगै नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड छलफलमा बसेका हुन् ।

बिहिबार बालुवाटारमा सुरु भएको बैठकमा दुई अध्यक्षबीच नियमित भेटघाटका साथै बास्कोटा प्रकरणमा छलफल भएको बताइएको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनीक भएपछि तत्काल मन्त्री पदबाट हटाउन नेपाली कांग्रेस, राप्रपा लगायत पार्टीहरुले माग गरेका छन् ।  

कांग्रेसले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भइरहेका थिए ।

तर स्वयं संचारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढङ्गले प्रमाणित भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकश शर्माले जारी गरेको विज्ञप्तिमा, ‘७० करोड कमिसन संचारमन्त्रीले मागेको अडियो हाम्राकुरा मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’ भनिएको छ ।

राप्रपा अध्यक्ष थापाले लेखेका छन् 'प्रधानमन्त्री ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ