arrow

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री ओलीको राजीनामा

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
kp-oli111.jpg

इटहरी । पूर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा माग गरेका छन । सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिशन मागेर समग्र सरकारकै बदनाम गरेको भन्दै प्रधानमन्त्री र सञ्चारमन्त्री दुबै जनाको राजीनामा माग गरेका हुन ।

नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्रीको फोन रेकर्डले समग्र देशको बदनाम भएको बताए । कमिशनको प्रलोभनमा ओली सरकार चुर्लुम ढुबेको बताउँदै नेता गिरीले भने देशको प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ ।

एक पछि अर्को काण्डमा सरकार मुछिएको भन्दै यो सरकार लाचार भएको टिप्पणी गरे । सरकार अहिले पैसा कमाउँन मात्र मरिहत्ते गर्दै आएको कारण आम जनतामा निराशा छाएको उनको भनाई थियो । काण्डै काण्डैमा सरकार लाग्दा समेत खोक्रो भाषण गरेर जनता झुक्याउँने काममा भने यो सरकार सफल भएको छ पूर्वमन्त्री समेत रहेका गिरीले भने ।

  कमिशन लागि तल्लो तह सम्म सरकार मरिहत्ते गरिरहेको आरोप समेत उनको थियो । बाहिर भष्ट्राचार विरोधी नारा लगाएर भित्री सेटिङमा सरकार लागेको गिरीको भनाई थियो । हरेक विकास निमार्णको काममा अहिलेको सरकार पैसा उठाउन लागि परेको आरोप लगाए ।

 एक अर्को प्रसंगमा नेता गिरीले भने नेपाली कांग्रेसले पनि प्रतिपक्षको भुमिका राम्ररी निभाउँन नसकेको टिप्पणी गरे । जनताहरु देशभित्रै अलमलमा परेको उनको तर्क थियो । हामी पनि खरो प्रतिपक्ष हुन सकिनौ उनले भने  । आन्तरीक पार्टी भित्रको केहि असहमतीका कुरालाई समेत मिलाउँदै जानुको विकल्प नरहेको गिरीको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ