arrow

प्रधानमन्त्रीलाई नेविसंघको चेतावनी: बाँस्कोटालाई संरक्षण गरे आन्दोलन

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
NSU_NEW_Flag.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन पनि नेविसंघले माग गरेको छ।

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको  अडियो सार्वजनीक भएसँगै नेविसंघले तत्काल बर्खास्त गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको हो।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्र बाँस्कोटालाई संरक्षण गर्न प्रधानमन्त्री उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आधिबेहरी सिर्जना गर्न बाध्य हुने यसै विज्ञप्तिमार्फत् चेतावनी दिन चाहन्छौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ