arrow

ओलीकै नीजि निवासमा बस्ने मन्त्रीलाई तुरून्तै वर्खास्त गर्न माग

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
sajha.JPG

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

संचारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग दशौँ करोडको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएको थियो ।

आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएक मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग पार्टी प्रवक्ता डा सूर्यराज आचार्य जारी विज्ञप्तिमा छ ।

 झण्डै दुई-तिहाई बहुमत प्राप्त इतिहासकै एउटा शक्तिशाली सरकारले देशको नेतृत्व गरिरहेको छ। देशलाई दशकौँदेखि जर्जर बनाइरहेको, विकासलाई अवरूद्ध पारिरहेको, समग्र समाजमा नैतिक क्षयीकरण ल्याइरहेको भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै हर दिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनु पर्ने अवस्था नेपालीहरूको नियति बनिसकेको छ।

आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' अब अति भइसक्यो। साझा पार्टी आम जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि जोडदार माग गर्दछ। भ्रष्टाचारीहरू समाजका धमिरा हुन्। तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भएपनि देशले प्रगति गर्न सक्दैन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ