arrow

''म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ' भन्ने प्रधानमन्त्रीको परीक्षण गर्ने समय'

मन्त्री बास्कोटालाई तत्काल निलम्बन गरी छानबिन गर्न माग

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
bibekshil4.jpg

काठमाडौ‌ ।  सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा सत्तरी करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण भनी आएक अडियो सहितका समाचारहरू प्रति विवेकशील नेपाली दलको ध्यानाकर्षण भएको जनाएको छ।

विवेकशील नेपाली दलका उपाध्यक्ष अजीता राईले बिहिबार विज्ञप्ति जारी गरि उक्त समाचारको सत्य तथ्य पत्ता लगाउन मन्त्री बास्कोटालाई तत्काल निलम्बन गरी छानबिन गर्न सरकार  तथा प्रधानमन्त्रीसँग माग गरेकी छन् ।

'सरकारले भर्खरै आफ्नो दुई वर्षको कार्यकाल सम्पन्न गरेको छ। यो अवधिका उपलब्धि अनि कमजोरी आफ्नो ठाउँमा छँदै छन्। तर यो बिचमा सदनमा अनि बाहिर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कुरा बारम्बार भन्नुभएको छ, “म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ”।, विज्ञप्तिमा उल्लेख छ,' तर फेरी पनि, बारम्बार नेकपाका नेताहरू तथा  सरकारकै मन्त्रीको नाम भ्रष्टाचारमा मुछिनु र यस अडियो टेप प्रधानमन्त्रीले डेढ महिना अगाडि नै सुनेको समाचार आउनुले प्रधानमन्त्रीको 'भ्रष्टाचारीको मुख पनि हेर्दिनँ' भन्ने कुरा खोक्रो भाषणको रूपमा स्थापित हुँदै छ। नागरिकमा उदासीनता बढ्दै छ।'

 तुरुन्त सञ्चार मन्त्रीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया अगाडी बढाई सत्य-तथ्य सार्वजनिक गरी कानुनी प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीलाई विवेकशील नेपाली दलले अपिल गरेको छ । प्रधानमन्त्रीको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको परीक्षण गर्ने यो सही समय भएको दलले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ