arrow

'मु...कर्मचारी' भन्ने मन्त्रीको शब्दप्रति खेद

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
gokul-baskota-sanchar-mantri.jpg

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले 'मु...कर्मचारी' भन्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको शब्दप्रति खेद प्रकट गरेको छ । मन्त्री बाँस्कोटाले निजामती कर्मचारीप्रति अश्लिल शब्द प्रयोग गरेको भन्दै संघको केन्द्रीय कार्यसमितिले मन्त्रीको शब्दप्रति खेद प्रकट गरेको हो।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियोमा विजय प्रकाश मिश्र शर्मासँग मन्त्री गोकुल बाँस्कोटाले,' एउटा के नगर्नुस भने यी मु...कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..' भनेका छन।

संघले मन्त्री बाँस्कोटालाई कारबाही नभए बहिष्कार गर्ने समेत चेतावनी दिएको छ।  संघका उपमहासचिव दुर्गाप्रसाद फुँयालद्वारा जारी विज्ञप्तिमा ‘अपशब्द र अश्लिल शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्नै पर्ने दिन देख्न नपरोस्' भनेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ