arrow

राजीनामापछि बाँस्कोटाले के भने ?

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
gokul-banskota1.jpg

काठमाडौं । गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा  सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

सेक्युरिटी  प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै बिहिबार ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताए  ।

उनले ट्वीटमा भनेका छन् , “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”

बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका थिए ।  सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको  हाम्राकुरामा अडियो सार्वजनीक भएको थियो । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेका थिए ।

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्।अडियो सार्वजनीक भएसँगै  बाँस्कोटा चौतर्फि बिरोध हुनाको साथै राजीनामाको माग गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ