arrow

गोकुल बाँस्कोटाको निष्पक्ष छानबिनको माग गर्दा प्रहरीद्धारा नेविसंघका दर्जनौं कार्यकर्तामाथि लाठी

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
nebisangh6.jpg

काठमाडौं । भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठी बर्साएको छ । 

राजधानीको रत्नराज्य क्याम्पस अगाडि शान्तिपूर्ण आन्दोलनमा उत्रेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले लाठी बर्साएको हो । 

उक्त क्रममा नेविसंघका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् । 

आन्दोलनमा नेविसंघका केन्द्रिय अध्यक्ष राजीव ढुङ्गाना सहित महामन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भट्टराई, हरि आचार्य, सुनिल शर्मा, सुरज सेजुवाल, दिनेश कार्की, एलिजा ढकाल, राम्जी बस्नेत, तुलसा पन्त, लक्ष्मण जंग शाही, हेमन्त गुरुङ्ग, अनिश आचार्य, तिलक बटाला, शुसिल और,संजय भण्डारी,रमित खड्का, दिपक लामा, प्रबिन जंग कार्की, सुबिन पराजुली ,गंगाराम न्यौपाने लगायत घाइते भएका हुन् । 

प्रहरी हस्तक्षेपपछि भएको विरोध सभामा सम्वोधन गर्दै महामन्त्री बलदेव तिमल्सिनाले सरकारी हस्तक्षेपको भर्त्सना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ