arrow

चट्याङसहित वर्षा, उपत्यकामा पनि वर्षा

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
raining.jpeg

काठमाडौं । शुक्रबार बिहानैदेखि देशभर समान्यदेखि पूर्ण बदली रहेको छ । पश्चिमका स्थानमा वर्षा भइरहेको छ । पश्चिमका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ । 

उपत्यकामा दिउँसोपख वर्षा हुने सम्भावना छ । देशभर बदली रहने र पश्चिमबाटै शुक्रबार रातिदेखि मौसम सुधारिँदै जानेछ । 

उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम १९ डिग्रीसम्म रहने वरिष्ठ मौसमविद् राजु प्रधानांगले बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको हो । शुक्रबार पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिएको छ । 

महाशाखाले देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

शनिबार र आइतबारको मौसम पूर्वानुमान    
फागुन १० गते शनिबार

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ ।

फागुन ११ गते आईतबार

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ