arrow

भाङको नशामा बस चालकले बालक पेलेर भागे

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
dead2.jpg

दोलखा । महाशिवरात्रीको अवसरमा सडकमा डोरी टाँगेर बसेका बालकलाई बसले ठक्कर दिदा मृत्यु भएको छ । गौरिशंकर यातायतको बा ४ ख  ९८०९ नम्बरको बसले  दोलखाको कालिन्चोक गाँउपालिका वडा नम्बर ९ का लालबहादुर थामीका ९ बर्षिय छोरालाई किचेर मारेको हो ।

शुक्रबार १०:३० बजे महाशिवरात्रीको अवसरमा बालक राजमार्गमा डोरी टाँगेर बसेका थिए ।    बाटोको भित्तामा रहेको एक बुटामा डोरी बाधेका बालकले अर्कको तर्फ आफ्नो कम्बरमा डोरी बाधेका थिए । तर बस चालकले सिधै बालक भएको ठाँउमा गाडि ल्याएर पिलेका हुन् । भाङको नशामा रहेका बस चालकले बालक पेलेर भागेको स्थानीयहरुले बताएका छन्।

बसले किचेका बलकको टाउको छिन्नभिन्न छ भने गिद्दि बाहिर निस्किएको छ । माथिल्लो तामाकोशी अन्तर्गत रोलवालिङ सडकमा बालकको शव अहिले सडकमै राखेर मृतकका आफन्त तथा परिवारले सडकमा प्रदर्शन गरिरहेका छन् । हेलचेक्राइ गर्ने चालकलाई आजीवन काराबास हुनुपर्ने उनीहरुको माग छ ।

प्रदर्शनमा उत्रिएका स्थानीयहरुले शनिबारबाट अरनिको यातायत चल्न नदिने बताएका छन् । दुर्घटना स्थलको नजिक १०-११ बटा रुख काटिएर बाटो अबरोध गरिएको स्थानीय मिनकुमार रेग्मीले जानकारी दिए ।  घटनास्थलमा दुई जना प्रहरी रहेका छन् ।

बससहित चालकलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ । प्रहरीको टोली र बसधनी दुर्घटना स्थल पुगेपछि कुराकानी हुने रेग्मीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ