सर्लाही। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व काँग्रेसले गरेको बताएका छन्।
सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा आज पार्टीले आयोजना गरेका सभामा उहाँले विसं २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गरे। उनले भने, “सरकारले जनताको हितविपरीत काम गरेको छ, काँग्रेसले शुरुआत गरेको विकास निर्माणको काममा अहिले फिता काट्ने काम मात्र भएको छ।”
संविधानमा रहेका कमीकमजोरीलाई संशोधन गरेर सुदृढ गर्नुपर्ने आवश्यकता उपसभापति निधिले औँल्याए। “आगामी दिनमा काँग्रेसले बहुमत ल्याएमा मधेशी जनतको हितमा संविधान संशोधन गर्ने छौं”, उपसभाति निधिले भने।