arrow

राससका वरिष्ठ सम्पादक रिसाल सम्मानित

logo
प्रकाशित २०७६ फागुन १० शनिबार
rss-awarded.jpg

ललितपुर। राष्ट्रिय समाचार समिति (रासस) की वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्मानित भएकीछिन्। भैँसेपाटीको फुलबारीमार्गस्थित श्रीकुल माविले उनलाई सम्मान गरेको हो। उक्त विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा विद्यालयमा आयोजित एक विशेष समारोहमा विद्यालयका तर्फबाट पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले उनलाई सम्मान प्रदान गरेका हुन्।

साथै सोही समारोहबीच रिसालले लिजमा उपलब्ध गराएको करिब चार रोपनी जमीनमा निर्माण गरिएको भवनको पूर्वमन्त्री डा.तुलाधर र वरिष्ठ सम्पादक रिसालले उद्घाटन गरेका थिए। उक्त भवनको नाम रिसालका स्वर्गीय पति आनन्दगोपाल रिसालको स्मृतिमा आनन्द भवन राखिएको छ। सो कार्यक्रममा पूर्वमन्त्री डा तुलाधरले देशलाई समृद्ध बनाउन वर्तमान सरकारले निजी क्षेत्रको शिक्षाको विकासलाई प्राथमिकतामा राखेको बताए।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दीपकराज जोशी र प्रधानाध्यापक शिवेन्द्र कार्कीले विद्यालयको अवस्था र भावी योजनाबारे जानकारी गराएका थिए। वाग्मती प्रदेशसभा सदस्य जीवन खड्का, ललितपुर महानगरपालिका वडा नं २५ का अध्यक्ष विष्णुकुमार कार्कीलगायत स्थानीय समाजसेवीले विद्यालयको प्राज्ञिक विकासका लागि शुभकमाना दिएका थिए। कार्यक्रममा सो विद्यालयका विभिन्न कक्षाका विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सो विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ