arrow

कांग्रेस नेता एवं जनप्रतिनिधि पौडेल विकासको एजेन्डा बोकेर आमरण अनसनमा

logo
प्रकाशित २०७६ फागुन १० शनिबार
madi-ansan-congress.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल विकासको एजेन्डा लिएर आमरण अनसनमा बसेको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

गत फागुन ७ गतेबाट माडीका जनताको वास्तविक आवाज बोकेर त्यस क्षेत्रको चौतर्फी विकास संगसंगै हकहितका लागि ७ बुँदे माग सहित आमरण अनसनमा बसेका पौडेलप्रति कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

राष्ट्र विकासका लागि जनप्रतिनिधि स्वयं नै आमरण अनसन बस्नुपर्ने वाध्यता सिर्जना हुनु वर्तमान सरकार देश विकास र जनहितको कार्यमा असक्षम भएको पुष्टि भएको पनि कांग्रेसको निष्कर्ष छ । 

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको पक्ष एवं विकासका लागि बसेका आमरण अनसनप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेस संसदीय दलले ऐक्यवद्धता जनाएको छ । 

आमरण अनसनको पाँचौं दिनसम्म आइपुग्दासमेत स्थानीय र संघीय सरकारले चासो नदेखाउनु र उदासिन हुनु दुखद पक्ष भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा पौडेलको जीवनरक्षाका लागि उनको अनसन अन्त्य गरी माग पूरा गर्न पनि माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ