arrow

पार्टी निर्देशन नमान्ने कांग्रेस जनप्रतिनिधि पदमुक्त

विपक्षसंग बढी समन्वय गर्ने जनप्रतिनिधिलाई निर्वाचन कानुन अनुसार बर्खास्त गर्ने चेतावनी 

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
87289495_1771024639701277_4.jpg

अछाम । नेपाली कांग्रेसका अछामका सभापति भरतकुमार स्वार फेरि आक्रामक तरिकाले प्रस्तुत भएका छन् । कांग्रेसले ढकारीमा आयोजना गरेको सभामा आफ्नो चिरपरिचित शैलीमा प्रस्तुत भएका स्वारले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीका निर्देशन मानेर जनताको काम गर्न खवरदारी गरेका छन् । 

सुशासन र विधिका पक्षपाती स्वार कांग्रेसका केही जनप्रतिनिधिले पार्टीको निर्देशनको अवज्ञा गेरेर मनोमानी तरिकाले अघि बढेपछि ढकारीको सभामा कडा रुपमा प्रस्तुत भएका छन् । 

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले विपक्षसंग मिलेर पार्टी लाइनभन्दा बाहिर काम गर्ने जनगुनासो आएपछि सभापति स्वार आक्रामक बनेका छन् । 

पार्टीका शुभेच्छुक र कार्यकर्तालाई प्राथमिकतामा राजनीति गर्ने स्वारले राम्रो काम गर्ने जनप्रतिनिधिलाई पुरस्कारको व्यवस्था गर्ने र पार्टीको निर्देशन नमान्नेलाई कार्वाही गरिने बताए ।  

कांग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडू प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला सभापति स्वारले कांग्रेसका जनप्रतिनिधिले पार्टी लाइनभन्दा बाहिर गएर काम गर्दा पार्टीका समर्थक असन्तुष्ट छन् । 

त्यसैले संगठन परिचालनमा समस्या भएको हुँदा पार्टीको निर्देशन अटेर गर्ने जनप्रतिनिधि लाई कार्वाही गरिनेछ । उनले सभामा भने –नेपाली कांग्रेसबाट निर्वाचित ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा लगायत ढकारिका जनप्रतिनिधिको कामको उच्च प्रसंसा गर्दै पार्टीबाट निर्वाचित अरु स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको काम संतोषजनक छैन भने । 

आफ्नो पूर्ववत शैलीमा प्रस्तुत भएका स्वारले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई चेतावनी दिँदै भने, ‘काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले हामीलाई केही गर्न सक्दैन पूरा पाँच बर्षका लागि हो भनेर नबुझे हुन्छ पार्टीको लाइन बिपरित कामगर्ने लाई निर्वाचन कानुन अनुसार आयोगमा एक पत्र लेखेर पदमुक्त गरिने छ ।’

गाउँपालिका अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका ढकारिका सभापति धनबहादुर बुढाको सभापतित्वमा भएको सभामा विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला सभापति स्वारले  पार्टीको  निर्देशन नमान्ने काङ्ग्रेसभन्दा विपक्षसंग बढी समन्वय गर्ने जनप्रतिनिधिलाई निर्वाचन कानुन अनुसार बर्खास्त गर्ने चेतावनी दिँदा नेतादेखि कार्यकर्ताहरुले ताली बजाएर स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ