arrow

झापामा बिपीको पूर्णकदको शालिक निर्माण

logo
रासस,
प्रकाशित २०७६ फागुन ११ आइतबार
bp-koirala.jpg

झापा । झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शलिक निर्माण गरिएको छ ।

कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए। पाँच फिट छ इञ्च अग्लो शालिकको कलाकार हिम्मत नेम्बाङले निर्माण गरेका हुन् ।

विसं २०४८ देखि खाली रहेको जमिनमा स्थानीय कांग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार बिघा आठ कठ्ठा जग्गामा बिपी वन बाटिका निर्माण गरेका हुन् । नगरपालिकाले उक्त जग्गामा तारबार गरी संरक्षण गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ