arrow

सडक स्तरोन्नतिको माग गर्ने अभियान्ता पक्राउ

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
pakraus3.jpg

दोलखा। ५ बर्षदेखि ठेकेदारको ढिलासुस्तीले कारण सडक नबनेपछि आयोजनाको कार्यालयमा तालावन्दी गर्न गएका नागरिक अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको डाँडापाखरस्थित लामो साँघु जिरी सडक आयोजनाको कार्यालयमा तालावन्दी गर्न गएका दोलखाका नागरिक अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेको  हो।

ठेकेदारको लापरबाहीका कारण अस्तव्यस्त बनेको खाडीचौर-चरिकोट सडक सुधार्न माग गर्दै आयोजना कार्यलयमा तालावन्दी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागरिक अभियान्ता चिरञ्जीवि मास्के, रमेश खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेत रहेका छन् । उनीहरुलाई  सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरीले सिन्धुपाल्चोकको चौतारा लगेको छ ।

दोलखालाई काठमाडौंसँग जोड्ने सो सडक स्तरोन्नतिको काममा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै नागरिक खवरदारी अभियानले चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । सोहि विरोधका कार्यक्रमअनुसार आइतबार सडक आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ