arrow

मिथिलाञ्चलको महाकुम्भमा प्रचण्डले भने- प्रदेश सरकार परिवर्तन हुन्छ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन ११ आइतबार
prachand-dhanusa.jpg

जनकपुर ।   मिथिलाञ्चल क्षेत्रको महाकुम्भका रुपमा मानिने १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको धनुषाको कचुरी प्रस्थान शुभारम्भ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर गरेका छन ।

नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाका मिथिलाबिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट भगवान श्रीरामको डोला र जनकपुरको रत्नसागर मन्दिरबाट माता सीताको डोलाको प्रमुख सहभागिता रहने गरिन छ ।

दुवै मन्दिरबाट उठेको डोला जनकपुरको हनुमान नगरस्थित हनुमान गढीबाट परिक्रमाका लागिबाटसंगै उठेपछि औपचारिक शुभारम्भ वर्षौदेखि परम्परा अनुसार हुंदै आएको हो । तर यसवर्ष परिक्रमा प्रस्थानको समय अध्यक्ष प्रचण्डले भगवान श्रीराम अर्थात मिथिलाबिहारीको डोला उठाएर शुभारम्भ गरे।

डोला उठाउने अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रदेश नम्बर दुईमा धेरै छिटो सरकार परिवर्तन हुने दाबी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर दुइमा प्रदेश सरकार परिवर्तन हुने भन्दै यसका लागि राष्ट्रिय जनता पार्टी ( राजपा) नेपालसंग आन्तरिक कार्यहरु भईरहेकोले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने बताए ।

अध्यक्ष प्रचण्डले मिथिलाविहारी नगरपालिका स्थित कचुरीको मिथलाविहारीको मन्दिर छेउमा धर्मशाला बनाउने घोषणा गरेका छन ।

अध्यक्ष प्रचण्डले भने ‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी रहेको छ । मेरो तर्फबाट जति सम्भव सहयोग गर्छु । कुनै कमी रहन नदिने। मिथिला मध्यमा परिक्रमाले नेपाल–भारतको लागि महाकुम्भ भएको भन्दै अध्यक्ष प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानामा ठुलो योगदान पुर्याइरहेको बताए।

आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै अध्यक्ष प्रचण्ड ले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता जनाउनुभो।

सो अवसरमा मिथिला विहारी डोलामाथि हेलिकप्टरबाट पुष्प वर्षा समेत गरिएको हो ।

फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट मिथिला बिहारीको डोला लिएर सुरु भएको परिक्रमा साँझसम्म जनकपुरधामस्थित रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलना स्थित कल्याणेश्वर मन्दिरको लागि प्रस्थान हुनेछन।

१५ दिने अवधिमा १५ वटा धार्मिक ऐतिहासिक ठाँउहरु मध्ये ९० किलोमिटर नेपाल र ३० किलोमिटर भारतको गरि जम्मा १ सय २० किलोमिटर भु–भागको यात्रा मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत गरिने गरिन्छ ।

आइतवारको दिन श्री मिथिला बिहारी बिहारणी भगवानको डोला कचरी मठबाट प्रस्थान गरेर रत्न सागर स्थानमा भोजन विश्राम गरेर जानकी मन्दिर अग्निकण्डबाट निस्कने र किशोरीजीको डोला जानकीमन्दिरमा पुजा आरती भएर हनुमान गढिमा रात्रि विश्राम गरेर परिक्रमाको औपचारीक रुपमा सुरुवात हुनेछ ।

सोमवारको दिनमा हरिने ग्राममा बालभोग विश्राम गरेर रात्री कलनानेश्वर पुगेर विश्राम गर्ने कचुरी मठको महन्थ रामनरेश शरण बताए।

डोला विश्राम गर्ने तालिका यसप्रकार छन । गिरिजा स्थान १३ गते मंगलवार मटिहानी स्थान १४ गते बधवार जलेश्वर स्थान १५ गते विहिवार मडै स्थान १६ गते शक्रवार ध्रुव कुण्ड स्थान १७ गते शनिवार कंचनवन स्थान १८ गते आइतवार पर्वता स्थान १९ गते सोमवार धनुषा धाम स्थान २० गते मंगलवार सतोखेर स्थान २१ गते बधवार औरही स्थान २२  गते बिहिबार कौरना स्थान २३ गते शुक्रबार विसौल स्थान २४ गते शनिवार कलानेश्वर परिक्रमा परा गरेर रात्री विशौल ग्राममा विश्राम २५ गते गर्ने छ ।

आइतवार २५गते जनकपरधाममा गंगासागरमा बनाएको मन्डपमा रात्रीकालिन विश्राम गर्ने स्थानियहरु बताएको हुन । तथा भोली पुर्णिमाका दिन २६ गते अन्तरगृह परिक्रमा पुरा गरेर त्यसको बिहान मिथिला मा होलि मनाउने चलन रहेका छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ