arrow

महेश बस्नेतको गाउँमै नेकपामा पहिरो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ फागुन ११ आइतबार
bhaktapur-congress.jpg

भक्तपुर। भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकामा अवस्थित गुण्डु गाउँ नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली युवा नेता मानिने पूर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतको गाउँमा नेकपामा पहिरो गएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग ठुलो संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गुण्डु गाँउका करिब ३५ जना नेकपाका स्थानीय नेता तथा सक्रिय कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

उनीहरुले माइन्युनिटङ गरेरै कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेका हुन्। नेपाली कांग्रेसका बागमती प्रदेश सांसद कृष्णालाल भाँडेल र नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसमा प्रवेश हुने सदस्यलाई टीका र खादा लगाइ पार्टीमा स्वागत गरे।

उक्त कार्यक्रममा कांग्रेसको तर्फबाट सुर्यविनायक नगरपालिका मेयरका प्रत्यासी नेता विष्णुराज कार्की, नेपाल तरुण दलका जिल्ला अध्यक्ष राजु थापा, सदस्य सुमन कार्की, संगठन बिभाग सदस्य सुमन न्यौपाने ,रुपक न्यौपाने लगायतका सदस्य, समाजसेवी तथा स्थानीयवासीहरुको उपस्थिति  थियो।

केही दिन अघि महेश बस्नेतसँग नजिक रहेका नेकपाका सकृय युवा नेता जगदिश बस्नेत कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा जगदिशले नेकपा अब छिन्नभिन्नको अबस्थामा रहेको  बताए । मुलुकको माटो सुहाउँदो राष्ट्रियता, लोकतन्त्र, शान्ति र बिकासकोलागि कांग्रेस नै ठूलो शक्ति भएको बताउँदै भक्तपुरमा कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्दै गएको धारणा राखे।

नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहमा गुण्डु गाउँका तीर्थमान तामाङ,राजेश खत्री,विशाल कार्की,सम्राट खत्री,सुरेश खत्री लगायतका स्थानीय नेता छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ