arrow

हाम्राकुराका प्रधानसम्पादक शिवाकोटीले असुरक्षा महसुस गरेकोप्रति युनियनको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७६ फागुन ११ आइतबार
ajaya-babu-shiwakoti.jpg

काठमाडौं । सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक गर्ने हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि गर्ने गरेकोप्रति प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रेस युनियनका महासचिव एवं हाम्राकुराडटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीले गत बिहिबार तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसनको बिषयमा मोलमोलाई गरेको अडियो सार्वजनिक गरेपछि मन्त्री बाँस्कोटाले पदबाट राजिनामा दिएका थिए  ।

शिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि र रेकी गरी फर्कने गरेपछि उनलाई असुरक्षा महशुस भएकोप्रति प्रेस युनियनको वक्तव्य निकाली गम्भिर ध्यानाकर्षण  भएको जनाएको छ ।

विभिन्न व्यक्तिहरुले शिवाकोटीलाई समाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धम्क्याउने र अपशब्द प्रयोग गर्ने गरेकोप्रति प्रेस युनियनले खेद प्रकट गर्दै त्यस्ता व्यक्तिलाई तत्काल कानूनी कारवाही गरी स्वतन्त्र र निर्वाध पत्रकारिता गर्ने वातावरणको प्रत्याभुत गर्न सरकारसँग माग गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा  जारी विज्ञप्तिमा भनिएको छ ,' मुलुक र जनताका पक्षमा समाचार लेख्ने र अनियमितता एवं भ्रष्टाचारका काण्ड सार्वजनिक गर्ने पत्रकारले राज्यबाट पुरस्कृत हुनुको सट्टा असुरक्षा महशुस गर्नु सिंगो पत्रकारिता जगतका लागि दुःखद विषय हो । तसर्थ संविधानले प्रत्याभुत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न र निर्वाध स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउदछौँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ