arrow

तीर्थयात्राका क्रममा मृत्यु भएका ६ नेपाली ल्याउन माग

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको शव र घाइतेलाई ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै मृतक तथा घाइतेको उपचारको व्यवस्था मिलाउन माग गरेको हो ।

  गत फागुन ८ गते सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपाली मृत्यु भएको थियो भने केही गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा जीवन गुमाएकाहरुको शव नेपाल ल्याउन मृतकका परिवारहरुलाई कठिनाइ भइरहेको छ । सरकारले उनीहरुको शवलाई सहज रुपमा तुरुन्त ल्याउने प्रबन्ध गर्न तथा घाइतेहरुको उचित उपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

उनीहरुको निधनप्रति कांग्रेसले  दुःख र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ