arrow

पश्चिम सेतीका लागि प्रधानमन्त्रीलाई १ लाख पत्र, ७५० जनाले कचौरा समत्ने

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
bolaniya-thli.jpg

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूर पश्चिम प्रदेशबाट एक लाख पत्र संकलन गरेर बुझाइने भएको छ । ७५० मेगावटको पश्चिम सेती निर्माणका लागि दबाब दिन बोलन्या थली अभियानले १ लाख पत्र संकलन गरेर प्रधानमन्त्री ओलीलाई बुझाउन लागेको हो  ।

फाल्गुनको १४ गते राष्ट्रपति विद्यादेवी भण्डारी धनगढीको खुल्ला मन्चमा विश्व सहित्य सम्मेलनको उद्घाटनमा आउदा पश्चिम सेतीका लागि आशा र सपनाका पत्रहरुको आरम्भ गरिने संयोजक यादव जोशीले बताए ।

साथै पश्चिम सेतीका बारे रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको सात रुपैयाँ पचास पैसासहित बुझाउने तयारी गरिएको उनले बताए ।

त्यस्तै चैत १५ गते बोलन्या थलीले डोटीमा सपनाका डोकाहरु कसले भर्छ  पश्चिम सेती कहिले बन्छ ? भनेर डोटीमा ७५० खाली डोका प्रदर्शन गर्दैछ ।

पश्चिम सेती निर्माणका लागि दवाव दिन आम नागरिक र  बोलन्या थलीका अभियन्ताहरु गरि  ७५०  जना नागरिक ७५० मिनेट कचौरा समातेर डोटिको दिपायलमा अनशन बस्ने समेत उनले बताए ।

पश्चिम सेती बनाउने भन्दै नबनाउने र हामी सधै स्वस्थ्य शिक्षाका संरचनाहरुबाट २८ बर्षदेखि बन्चित हुनुपरेको उनले बताए  । हामीले पश्चिम सेती बनाउँन निरन्तर दबाब दिँदै आएका छौँ’ उनले भने ,‘यो पनि दबाबको एउटा चरण हो ।’

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ