arrow

जंगलमा खिचेको भिडियो डिलिट नगर्दा तीन साथीलाई हिरासत पुर्‍याइन् किशोरीले

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
prisoner-jail.jpg

सूर्यविनायक । साथी साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार महाशिवरात्रिका दिन एक युवती साथीसँग घुम्न आएका तीन अहिले महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा पुगेका छन् । प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ का अर्जुन अधिकारी, १८ वर्षीय शान्तिमान थामी दनुवार र राजीव थनेतलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

शिवरात्रिका दिन सूर्यविनायकको जङ्गलमा घुम्न गएका किशोरीका प्रेमीले साथीहरु कै अगाडि चुम्बन गरेपछि उसकै साथीहरुले जिस्किएर चुम्बन गरेको भिडियो खिचेका थिए । त्यही भिडियो मेट्न किशोरीले गरेको आग्रह साथीहरुले नमानेपछि यही कुरा प्रहरीमा पुगेपछि प्रहरीले तीनै जनालाई कटुञ्जेबाट पक्राउ गरेको हो ।

पक्राउ गरी प्रहरी वृत्त जगाती पुर्‍याइएपछि किशोरीले साथीले कुनै जबरजस्ती नगरेको भन्दै जाहेरी दिन नमानेपछि प्रहरीले आज प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको प्रनाउ गिरीले जानकारी दिए ।

 किशोरीले साथीको मोबाइलबाट चुम्बन गरेको भिडियो डिलिट गरिदिए पुग्ने बताउँदै जाहेरी नदिएपछि अभद्र व्यवहारमा मुद्दा चलाएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ