arrow

छोरी करणी गर्ने बाबुलाई जन्मकैद

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार

तनहुँ  । तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई जबर्जस्ती करणी र हाडनातामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

अभियुक्तविरुद्ध जबर्जस्ती करणी उद्योग तथा हाडनाता करणीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ