arrow

सरकारका नराम्रा कामको प्रतिवाद नगरे जनताको नजरमा कांग्रेस कमजोर : शेखर कोइराला

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
shekhar-koirala-nepaljung1.jpg

बाँके (कुसुम)। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारका नराम्रा कामको प्रतिवाद नगरे जनताको नजरमा कांग्रेस कमजोर देखिने बताएका छन। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सोमबार (आज) आयोजित कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन्। वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताका विषयलाई प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसको भूमिका नदेखिएको उनको भनाइ छ। कांग्रेसले सडकमा प्रतिपक्षको भूमिका खेल्न नसक्दा वर्तमान सरकारले गरेका भ्रष्टाचार र अनियमितताबारे जनताले राम्ररी थाहा पाउन नसकेको बताए।

पार्टीले सडकमा प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको कोइरालाले स्वीकार गरे। ‘अहिले वर्तमान सरकारले गरेका भ्रष्टाचारका यति धेरै कुरा छन्, हरेक कुरामा हामी सडकमा आउनुपथ्र्यो, तर कता–कता के हो रु के हो रु अल्मलिएको अवस्थाबाट हामी गुज्रिरहेका छौं,’ उनले भने। कोइरालाले थपे, ‘अब पक्कै पनि यस्ता इसुहरुमा नेपाली कांग्रेसले आब्हान गर्छ, तपाईहरु सडकमा आउनुपर्छ। संसदमा खेल्ने भुमिका सांसदले खेल्नेछन्।’

पार्टीले प्रतिपक्षको भुमिका निभाउनुपर्ने बेलामा सत्ताधारी दलसँग भागबण्डा गर्न नहुने उनको जोड छ। कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिदै नेता कोइरालाले पार्टीभित्र तिक्तता नभएको दाबी गरे। ‘हाम्रो पार्टी निर्वाचनको संघारमा गइराखेको अवस्थामा भित्र गुट–उपगुट हुनु, मन मुटाव हुनु स्वभाविक हो,’ उनले भने ‘तर जतिबेला हामी कम्युनिष्टसँग लड्नुपर्ने बेला हुन्छ, त्यो बेलामा हामी एक ढिक्का छौं कि छैनौं भन्ने कुरा सबभन्दा महत्वपुर्ण हुन्छ।’ कम्युनिष्टसँग लड्दाखेरी या अन्य कुनैपनि पार्टीसँग लड्दाखेरी कांग्रेस नेता, कार्यकर्ता एक छौं कि छैनौं भन्ने मुख्य कुरा भएको कोइरालाले स्पष्ट पारे। 

कम्युनिष्टसँग लड्दाखेरी पार्टीलाई बेइमानी गर्ने मान्छे कांग्रेस हुन नसक्ने उनले बताए। अर्को प्रसंगमा कांग्रेस केन्द्रिय सदस्य डा। कोइरालाले पार्टीको महाधिवेशन आइसकेको अवस्थामा विभाग बनाउनुको औचित्य नभएको बताए। ‘महाधिवेशनको कार्यतालिका पनि आइसकेको छ, अहिले विभाग बनाउँदा त्यसले नेपाली कांग्रेसलाई उर्जा प्रदान गर्दैन,’ उनले भने ‘विभागलाई अहिले थाती राखौं र सम्पुर्णले अधिवेशनमा उर्जा दिऔं भन्ने कुराले हामी अगाडी बढिरहेका छौं।’

काङ्ग्रेस केन्द्रिय सदस्यहरु गगन थापा, डा. चन्द्र भण्डारी र दीपक गिरी समेत उपस्थित भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनमोर्चा लगायत पार्टी परित्याग गरि विभिन्न ब्यक्ती नेपाली काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेस राप्तीसोनारी-१ कुसुम इकाई सचिव मोहनराज डागीले जानकारी दिए। कार्यक्रम कुसुम इकाइ सभापति टिकाराम बस्नेतको सभापतित्वमा भएको थियो। त्यस अघि कुसुममै काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई पनि स्वागत गरिएको थियो। बाँकेको कुसुममा सोमबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता शेखर कोइराला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ