arrow

प्रिमनसुनको ट्रेलर, हावाहुरी र चट्याङसहित वर्षा

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
weather.jpg

काठमाडौं । देशभर अहिले प्रिमनसुनको अवस्था देखिएको छ । वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा वर्षा पनि भएको छ । मेघगर्जन, चट्याङ र असिना आएको छ । 

मंगलबार पनि काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा वर्षा हुनेछ । प्रिमनसुनको संकेत आउन थालेको पोखरेलको भनाइ छ । जाडो सकिएपछि प्रिमनसुन सुरु हुने भन्दै पोखरेलले पश्चिमी वायुको प्रभाव रहेकाले हावाहुरी पनि बढ्दै जाने बताइन् । 

हावाहुरी एकैछिन पर्ने भए पनि सचेत हुनुपर्ने देखिएको छ । 

उपत्यकामा बिहानको तापक्रम ८ डिग्री सेल्सियस तथा भिजिबिलिटी ३ किलोमिटर रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पूर्वी तथा पश्चिमी भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाले देशका मध्य तथा पूर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

धनकुटामा सोमबार सबैभन्दा बढी १७ मिलिमिटर वर्षा भएको थियो । 

बुधबार र बिहीबारको मौसम पूर्वानुमान 

फागुन १४ गते बुधबार

दिउँसोः देशको पहाडी भेगमा आँशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते बिहीबार 

दिउँसोः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ