arrow

वामदेव गौतम ओलीको चक्रव्यूहमा, बनाइँदै ‘बलिको...’ 

वामदेवलाई असफल पार्न ओली पक्ष नै सक्रिय

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
oli-bamdev.jpg

काठमाडौं । नेपाली कम्युनिष्टमध्येका विचारमा अडिक नेता वामदेव गौतमलाई फेरि एक पटक प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सिध्याउन आँटेका छन् । 

राजनीतिक विष्लेषकहरु गौतमलाई जरैदेखि उखेल्नका लागि ओलीले नै ठूलो चक्रव्यूह रचेको दावी गर्छन् । हालै मात्र नपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष बनेका गौतम सांसद बन्न राजी भएर उनका लागि प्रधानमन्त्री बन्ने बाटो खोज्दै संविधान संशोधनको प्रयास जारी छ । 

वामदेवले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीका अभिभावक बनाएर आफूले सरकार चलाउने सोचको डिजाइन बनाएका थिए । 

यो अर्थमा गौतमको योगदानको कदर गर्दै नेकपाले प्रधानमन्त्री बनाउन खोज्नु नौलो हैन । तर बेमौसमी बाजाको शैलीमा उनलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न खोज्नु कतै पनि राम्रो कदम हैन । 

यो यथार्थ दूनियाँलाई थाहा छ । जबकि सरकारमा बसेर पनि संविधान संशोधन गरी तराईका माग सम्वोधन नगरेको भन्दै उपेन्द्र यादवले सरकार छाडेका छन् । राजपा नेपाल थोरैमात्र माग पूरा हुनासाथ सरकारमा जान खुट्टा उचालिरहेको छ । 

साढे चार वर्षको अवधिमा संविधान संशोधन गर्न कुनै इच्छा नदेखाएका ओलीले एकाएक अहिले वामदेवका लागि राजी हुनुले आश्चर्य ल्याए पनि अब भने स्पष्ट भइसकेको छ । 

ओलीले वामदेवलाई ‘बलिको बोका’ बनाउन संविधान संशोधनको कुरा उठाएको स्रोत बताउँछ । जताततैबाट विरोध भएपछि संविधान संशोधन पनि नहुने र स्वतः वामदेव प्रधानमन्त्री बन्न नपाउने भन्दै ओली पक्षका नेताहरुले आन्तरिक र बाह्या रुपले अभिव्यक्ति दिएरहेका छन् । 

एकाएक बढेको वामदेवको हाइट पनि छोटिदै गएको दावी पनि गरिएको छ । 

ओलीको अर्को धोका 
ओलीले पटक पटक वामदेवलाई धोका दिएरहेका छन् । ओलीले नराम्ररी प्रहार गरिरहेका छन् । ओलीले वामदेवले पार्टीमा कब्जा जमाउने संकेत पाएर चुनावमै हराइदिए ।

२०७४ को निर्वाचनमा माओवादीका कार्यकर्ताले वामदेवलाई भोट हाले पनि एमालेका कार्यकर्तालाई हाल्न दिइएन । 

वामदेव हारे । तर ओली हरेक क्षेत्रमा हावी भए । त्यसैले होला भ्रष्टाचार पनि मौलायो । 

अहिले एकाएक गौतमलाई ओलीले अगाडि बढाउन खोजेको चर्चा चले पनि ओली भने कुनै पनि हालतमा वामदेवलाई अगाडि बढाउने मुडमा छैनन् । 

ओलीलाई राम्रोसंग थाहा छ कि वामदेव आए आफू सकिने छन् । गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा वामदेवलाई उम्मेदवार बन्न आग्रह गर्दा उनले स्पष्टै भनेका थिए – प्रधानमन्त्री बनाउने हो भने उम्मेदवारी दिन्छु । 

ओली रन्किए । ओलीलाई आफूभन्दा माथि कोही गएको चित्त बुझ्दैन । यसरी वामदेवको राष्ट्रियसभा मार्फत सांसद बन्ने बाटो तुहियो । 

तर अहिले आएर फेरि ओलीले वामदेवलाई ल्याउन चाहे । यसले स्पष्ट भन्छ कि धोका दिन ओलीलाई कसैले सक्दैन । चौतर्फी विरोध भएपछि वामदेव कहिल्यै उठ्न नसक्ने गरी बाहिरिने दावीका साथ ओलीले यो चक्रव्यूह रचेको दावी गरिन्छ । 

संविधान संशोधन गरेर वामदेवलाई ल्याउन प्रतिपक्षीले पनि साथ नदिने पक्का छ । त्यो भन्दा पनि अहिले त ओलीका नजिककाहरु पनि विरोधमा उत्रेका छन् । 

यसलाई माहोल तताउने कडीका रुपमा लिइएको छ । त्यतिमात्र हैन संविधान संशोधनका लागि गठित कार्यदलमा बस्‍न नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटाले अस्वीकार गरेका छन् ।

स्रोतका अनुसार सोमबार बिहानै माधव नेपालको निजी निवास कोटेश्वरमा नेम्वाङ र देवकोटा आए पनि कार्यदलमा बस्न चाहेनन् । 

दुवै नेताको निष्कर्ष छ कि अहिले संविधान संशोधनको औचित्य र आवश्यकता पुष्टि हुन सक्दैन । उनीहरुले अमुक नेतालाई प्रधानमन्त्री बनाउने गरी संशोधन प्रस्ताव अघि बढाउन हुँदैन भनेर नेपाललाई सुझाव समेत दिएका छन् । 

प्रतिपक्षी दलहरु पनि आक्रोशित छन् नेकपाको चाला देखेर । यो सबै वामदेवलाई नालायक ठहर्याउन गरिएको चाल भएको विश्लेषण गरिएको छ । 

वामदेवलाई प्रतिनिधिसभामार्फत ल्याउन प्रयास पनि भएको थियो । काठमाडौँ ७ का नेकपाका सांसद रामवीर मानन्धरले आफू राजीनामा गर्न तयार भएको पनि बताएका थिए । 

त्यो बहस पनि लामै चल्यो । नेकपाका कार्यकर्तालाई पनि उतारियो त्यतिबेला विरोध गर्न । अन्ततः ओलीले रामवीरलाई भेटेर के भने उनले फेरि फिर्ता लिए राजीनामा । ओलीले रामवीरलाई मन्त्री बनाइदिए । 

यसबाट स्पष्टै हुन्छ कि कसलाई कसरी पछार्न सकिन्छ भनेर ओलीबाट सिक्नू । 

रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्कीको उक्त क्षेत्रमा पनि वामदेवको चर्चा आयो ।

तर त्यहाँ पनि विरोधको नाटक रचियो । रविन्द्रकी श्रीमतीलाई उठाइयो । 

त्यहाँ पनि चुके वामदेव । अन्तमा उनी आफैले आफू कास्की २ बाट नउठ्ने भन्न कर लाग्यो । 

त्यसअघि डोल्पास्थित नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर त्यहाँबाट चुनाव लड्ने अर्को प्रयासले पनि सफलता पाउन सकेन ।

हाल आएर राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रिय सभाको सदस्य बन्दै प्रधानमन्त्रीका रुपमा बालुवाटा यात्राको प्रयास पनि थालनी अघि नै तुहिने भएको छ । 

त्यतिमात्र हैन यो वहसले वामदेवको अबको राजनीतिक करियर पनि मेटिने सम्भावनाको बाटोमा छ । 

यसपटक पनि ओलीले चलाखी गरे । माधव नेपाल संयोजक रहेको कार्यदलमा आफ्ना पक्षका नेता राख्न सकिए त्यो त्यत्तिकै तुहिएर जाने रणनीति बुने ।

सोही अनुसार ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको गृहकार्य गर्न गठित कार्यदलमा आफ्ना दुई नेता पनि राखे । 

ताकि यो कार्यक्रम असफल होस् । नेम्वाङ र देवकोटाले नमानेपछि यो कार्यदल यत्तिकै तुहिने छ । वामदेव फेरि पनि बलिको बोको । 

नेम्वाङ र देवकोटामात्र हैन ईश्वर पनि खुलेर विरोधमा लागेका छन् । यसबाट ओलीको नियत स्पष्टै भयो । 

ओली बुझ्छन कि गौतमलाई ल्याए आफू सकिन्छु । त्यतिमात्र हैन नेकपाको एकताका रचनाकार गौतमलाई ल्याउन अर्का अध्यक्ष प्रचण्ड राजी छन् ।

गौतमले शक्ति पाए ओली सकिन्छन् । ओलीले अब प्रचण्ड र वामदेवको नजिकपन भत्काउने प्रयास थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ