arrow

सेनाको हेडक्वार्टरमा पीडितको धर्ना 

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
army-protest.jpg

काठमाडौं । नेपाली सेनाबाट पीडित भन्दै पीडितहरुले धर्नाको आयोजना गरेका छन् । हेडक्र्वाटर ठेकेदार पीडित सम्पूर्ण सहायक ठेकेदार, सप्लायर्स तथा मजदुरहरुले लामो समयसम्म पनि सेनाको मुख्यालय भवन निर्माण गरेको श्रमको भुक्तानी नपाएको भन्दै दवावका लागि धर्नाको बाटो रोजेका हुन् । 

आर्मी हेडक्वार्टर भद्रकालीस्थित नेपाली सेनाको गौरव, सेनाको मुख्यालय भवन निर्माण कार्यमा संलग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरहरुले निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भुतmानी नपाएको हुँदा बाध्यतावस् यो धर्ना कार्यक्रम संचालन गर्नु परेको उनीहरुको भनाइ छ । 

उनीहरुले आफ्नो पीडामा साथ दिन सवै सरोकार निकाय, संचारकर्मी, नागरिक समाज, मजदुर हकहितमा क्रियाशिल संघ संस्था तथा सम्पूर्ण शुभचिन्तकहरुमा अपिल गरेका छन् । 

उनीहरुको अपिलमा भनिएको छ, ‘नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित नवनिर्मित मुख्यालय भवनमा विगत् देखि नै हामी सम्पूर्णले अथक परिश्रम पूर्वक अहोरात्र खटी निर्माण सम्पन्न गरेको व्यहोरा सम्पूर्णमा अवगत नै रहेको छ । यसरी दिनरात नभनी निश्चित समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेता पनि हामीहरुलाई नेपाली सेनाको मुख्यालयमा अवस्थित भवन निर्माण सम्पन्न भई सो आयोजनाको लगानी कर्ता राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट सम्पूर्ण रकम भुक्तानी भईसकेता पनि नेपाली सेनाले भने ठेकेदार कम्पनीलाई भुक्तानी नगरी रोक्का गरि राखेको अवस्था छ । यसो हुँदा मुख्य ठेकेदारले सहायक ठेकेदार, पेटी ठेकेदार, मजदुर, सप्लार्यस आदीको पैसा रोक्का राखी बसेको छ । मुख्य ठेकेदार संग भुक्तानी नपाएको हुँदा केहि समय पहिला सहायक ठेकेदार तथा पेटी ठेकेदारहरु मुख्यालयमा नै धर्ना बसी आफुले पाउनु पर्ने हिसाब मिलान गराई दिन सेनाको अधिकारी समक्ष अनुरोध पनि गरेको अवस्था थियो । सो कुराको जानकारी मुख्य ठेकेदारलाई गराउँदा सेनाले पैसा रोकि राखेको हुँदा निजहरुलाई आफुले भुक्तानी गर्न नसक्ने जानकारी गराई पन्छिन खोजेको र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पेटी ठेकेदार तथा सप्लायर्सहरु बुझ्न जाँदा नेपाली सेनाले सम्पूर्ण भुक्तानी लिईसकेको जानकारी गराएको तर मुख्य ठेकेदारले भने पैसा नपाएको भनि आलटाल गरीरहेको अवस्था छ । यसर्थ हामी पिडितहरुको भुतmानीको प्रत्याभुत गराउनुको साथै भुक्तानी को विवाद सम्बन्धि सम्पूर्ण कुराहरुको सत्य तथ्य जानकारी पाउनको लागी यो धर्ना कार्यक्रमको आयोजना गरेको कुरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौं ।’
 
 
               



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ