arrow

“विभिन्न आर्थिक अनियमिता भएका घटनाका बारेमा तत्कालै संसद्मा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ”

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
minendra-rijal.JPG

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक अनियमितता कुरा उठिरहेकाले यसबारेमा प्रधानमन्त्रीले सदनलाई प्रष्ट पार्नुपर्ने बताए । “विभिन्न आर्थिक अनियमिता भएका घटनाका बारेमा तत्कालै संसद्मा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ”, उनले भने ।

संसद्ले चुनेको प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै रिजालले नेपाल वायु सेवा निगमका जहाज र स्याटेलाइट खरीद, नेपाल ट्रष्टको जग्गा भाडा, टेलिकमको फोरजी सेवा विस्तारलगायत परियोजनामा भ्रष्टाचारले व्यापकता पाएको आरोप लगाउँदै यसमा सरकारको धारणा माग गरेका छन् ।

उनले भने, “ प्रधानमन्त्री ज्यू संसदमा आउनुहोस्। आश्वस्त तुल्याउनुहोस् भ्रष्टाचार अब गर्न दिन्न भनेर। आश्वस्त तुल्याउनुहोस्, संविधान र लोकतन्त्र कसैले मिच्न सक्तैन भनेर। ”

आर्थिक अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि नबढाउन सरकारलाई निर्देशन दिनु “लाजमर्दो ”कुरा भएको टिप्पणी गरेका छन्।

उनले भने “यति होल्डिङ नेपाल ट्रष्टको जमिन र विल्डिहरु जसरी दिइदै छ। अनि भनिन्छ , यसो गर्न सकिन्छ भनेर विधानमा लेख्या छ, ऐनमा लेख्या छ। त्यही ऐनलाई प्रयोग गरेको हुँ भनेर। ऐनलाई प्रयोग गरेको अर्थ यति फेला पर्ने वित्तिकै भएभरको लामो सम्बन्धको आधारबाट यतिलाई दिदै जाने अनि कति कति दिने हो ? त्यसको पनि टुंगो छैन।”

त्यसैगरि रिजालले प्रधानमन्त्रीले बालुवाटार जग्गा प्रकरणमा आफ्नो पार्टीका र पार्टी निकटलाई बचाउने अभिप्रायले निर्णय गरेको देखियो जुन सर्वाङ्ग लाजलाग्दो देखिन्छ।

उनले भने “वालुवाटार जग्गा प्रकरणमा सरकारले अख्तियारलाई यसरी प्रभावित गर्यो। सर्वाङ्ग लाजलाग्दो स्थिति छ। विरोधी भए दोषी हुन् निर्दोष हुन् जेल जानुपर्ने। कम्युनिष्ट नै हुन् तर आफ्नो गुटका होइनन् भने तीनको बद्नाम गरिने , थरी थरीका आक्षेप लगाउने अनि सफाईको अर्को मौका पनि नहुने गरी नहुने गरी केसलाई अगाडि बढाउने। होइन अफ्नै गुटका भए जे लिएको भएपनि फिर्ता गरे पुग्छ भन्ने, यो भन्दा पराकास्टा केही हुदैन। ”

रिजालले वाईडबडी जहाजबारे एकमहिना भित्र छानविन गर्न लेखा समितिले अख्तियारलाई लेखि पठाए पनि अहिले सम्म प्रक्रिया अघि नबढेको भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

उनले भने, “आज हामीले संसदमा उभिएर भन्न आवश्यक छ। प्रधानमन्त्री ज्यूको ध्यान आकृष्ट गर्न आवश्यक छ कि वाईडवडीकाबारेमा अख्तियारले चाडै केस टुंगो लगाएर दोषीहरुमाथि कारवाही प्रक्रिया प्रारम्भ गरोस्। ”

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै गदाँ मन्त्रालय भित्रैको भ्रष्टाचारले सिमा नाघेको र लाजमर्दो स्थिति श्रृजना भएको टिप्पणी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ