arrow

बाँस्कोटा प्रकरणका जनतामारा चरित्र खुलाउन माग

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
gokul-banskotas.jpg

काठमाडौं । नपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष  वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न लागिएको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सरकारको प्रजातन्त्र विरोधी प्रयास भनेको छ । मंगलबार अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर ज.ब.राले विज्ञप्ति जारी गर्दै तीन बुँदाहरुमा नेपाल सरकार र सत्ताधारीदलको  ध्यानाकर्षण गराउन चाहेका छन् ।

हालै मात्र नेकपाका उपाध्यक्ष बनेका गौतम सांसद बन्न राजी भएर उनका लागि प्रधानमन्त्री बन्ने बाटो खोज्दै संविधान संशोधनको प्रयास जारी छ । विज्ञप्तिमा भनिएको छ,'हालै सत्ताधारी दलले एक व्यक्तिको लागि संविधान संशोधन गर्न लागेको बुझिएको छ । यहाँ प्रश्न व्यक्तिको होइन एक व्यक्तिको लागि संविधान संशोधन गर्ने हो भने यो नालायक र प्रजातन्त्र विरोधी प्रयास हो । तराई–मधेसमा दर्जनौं नागरिकले संविधान संशोधनको लागि सहादत प्राप्त गरेको यथार्थता छ । सरकार यसबारे सामान्य छलफल गर्न पनि तयार भएको छैन । तर अचानक अब एक व्यक्तिको लागि संविधान संशोधन गर्ने अभियानले यो सरकार र सत्ताधारी दल स्वयम् यो संविधान ध्वस्त गर्न कसिएको स्पष्ट छ ।'

साथै प्रजातन्त्र पार्टी (संयुक्त)ले कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी व्यवस्थामा ध्यान दिन माग गरेको छ  । कोरोना भाइरस नेपाल भित्र देखिएमा त्यसलाई नियन्त्रण गर्न चाहिने न्यूनतम हस्पिटल सुविधा तथा अन्य चाहिने उपकरण (जस्तै आपतकालिन औषधी, नर्सिङ्ग व्यवस्था, डाक्टरहरुको लागि सुरक्षा उपकरण, भाइरस निरोधक मास्क, हात र आँखामाप्रयोग गर्ने उपकरण इत्यादी) हरुको व्यवस्थाबारे सरकारको अविलम्ब ध्यान दिन माग गरिएको छ ।

अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर ज.ब.राले संयुक्त हस्ताक्षरित विज्ञप्तिमा  नेपालको इतिहासमा सायद सबै भन्दा ठूलो भ्रष्टाचार भनेर गनिन पुगेको गोकुल बाँस्कोटा काण्डको छानविन गरी दोषीलाई हदै सम्म सजाय ग नु पर्दछ । यो काण्डमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा जोसुकै संलग्न भएको भएपनि तिनीहरुको जनतामारा चरित्र र अनुहार पर्दा भित्र नलुकाइयोस् भनि हाम्रो दल माग गर्दछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ