arrow

‘गोकुल बास्कोटालाई बलीको बोका बनाईयो’

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले प्रतिनिधी सभा बैठकमा सरकार र प्रधानमन्त्रीलाई प्रश्नहरु गरेका छन्।

संचार मन्त्रालय अन्तर्गत पर्ने ठुला परियोजनाहरु जस्तै सेयुरिटी प्रेस, स्याटलाईट, फोरजी विस्तार, मोवाईल डिभाइस म्यानेजमेन्ट सिस्टम आदि बारे नागरिकहरु भ्रष्टाचार भएको तर आफु अफठ्यारो पर्ने देखिएपछि प्रमले बास्कोटालाई बलीको बोका बनाएको भनेर भन्दैछन भनेर थापाले भने।

थापाले भने ‘प्रधानमन्त्रीलाई सबैकुरा थाहा भएको तर परिस्थिति नियन्त्रण बाहिर गएपछि गोकुल बास्कोटालाई बलिको बोका बनाईएको छ।‘  

प्रधानमन्त्रीलाई थापाले संसदमा आएर सांसदहरुको प्रश्नहरुको जवाफ दिन पनि आग्रह गरेका छन्।

‘सदनमा उभिएर आँखामा आँखा जुधाएर, नागरिक र हाम्रा प्रश्नको जवाफ दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन ।‘ थापाले प्रश्न गरेका छन्।

‘प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक–पटक दोहर्‍याउनु भएको छ। तर नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्, ‘बालुवाटारमा ऐना छ कि छैन्?’ थापाले प्रश्न गरे।

'प्रधानमन्त्री जी तपाईंले पत्तो पाउनुभयो, एमसीसीको प्रकरणमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईंलाई कसरी तह लगाइदिए? अहिले जति जालझेल गरेर होइन, होइन भनेपनि दुई दिन अगाडि मात्रै एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने विषयमा तपाईं जसरी कमजोर देखिनुभयो। त्यो देखिपछि तपाईंलाई बाहिर भन्दैछन्, ‘देखिँदा फेरी सुरो यथार्थमा विचरो हुनुहुन्छ।’ थापाले भने।

‘प्रधानमन्त्री जी म तपाईंको जन्मदिनको बारेका केहि भन्न चाहन्न त्यो तपाईंको व्यक्तिगत विषय हो। तर, नागरिकहरु भन्दैछन् राष्ट्रिय ठाटका साथ मनाइएको जन्मदिनले हामीलाई २०६०/०६१ सालको पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ। पूर्वराजा यसैगरी हिडिबक्सन्थ्यो। आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो। विद्यार्थीहरुलाई आफ्नो जय जयकार गर्न लगाइबक्सन्थ्यो। र, आफ्ना भारदारलाई सोधिबक्सन्थ्यो एक दुई जना मानिसहरु यता उता विरोध गरिरहेका त छैनन् नि? भारदारले भन्थे, 'महाराज सबै ठिक छ, एक दुई जना मानिस मात्रै विरोध गरिरहेका छन्।' गगनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ