arrow

“प्रधानमन्त्री ज्यु, तपाइको “समृद्ध मुलुक” को राजधानी मै हामीले चाहेको बेलामा दिसा-पिसाब समेत गर्नै पाएनौ”

logo
निर्मल घिमिरे,
प्रकाशित २०७६ फागुन १३ मंगलबार
pm-kp-oli1.jpg

केहि दिन अघी जापानमा आयोजना भएको  टुरिजम  प्रबर्द्दन फोरमको १ बैठकमा सारीक हुने मैका जुर्यो र त्यहाँ जादा बिश्वका १७ ओटा देशका टुरिजम क्षेत्रमा कलम चलाउने लेखकहरु भेला भएका थिए  । नेपालबाट भने मेरो मात्र प्रतिनिधित्व। त्यहाँ बिभिन्न देशका पत्रकारहरुले आफ्नो देशको पर्यटनसँग सबन्धी दस्तावेजहरु प्रस्तुत गरेको थिए  ।नेपालको सिङ्गो प्रतीनिधी भएको नाताले मैले पनि पावर प्वाइन्ट प्रेजेन्टेशन तयार गरेको थिए र आफ्नो पलो आए पछी मैले हाम्रो देशले हाल गरेका  पर्यटन प्रबर्द्दन गर्न गरीआएका प्रयाशहरुको प्रस्तुतिकरण गरे । त्यही बिचमा मैले ‘भिजिट इएर २०२०’ र सरकारको २० लाख पर्यटकलाई स्वागत गर्ने लक्ष्य रहेको सुनाए । त्यस फोरममा १ जना पेरु भन्ने देशका पत्रकार (जो नेपाल धेरै पटक गएका रहेछन र नेपालको बारेमा धेरै कुरा को जानकार रहेछन) उनले मलाई त्यहाँ पसिना नै छुटाइदिए । २० लाख पर्यटक भित्राउने लक्ष्य हासिल गर्ने तपाइको देशले कस्तो तयारी गरेको छ भनेर सोधे । मैले जाने सम्म बढाइ चढाइ भनिदिए तर उनले तपाईंको देशको राजधानीमा सार्बाजानिक सौचालय के पर्याप्त छ ? भनेर सोधे । जरुर पक्कै पनि पर्याप्त छ भनेर अड्डी कसेर  बोल्दा  उनले मलाई नाजावाफ नै बनाइदिए किन कि उनि भरखरै २ महिना अघी मात्र नेपालमा रेपोर्टिङको लागी गएका रहेछन र उनि स्वयमलाई काठ्माण्डौको कोलाहल अनि ट्राफिक जाममा सौचालयको अभावले समस्या परेको रहेछ ।

बौद्धको स्तुपा घुमेर फर्कदा उनलाई पिसाब लगेको रहेछ । साइकलमा सवार उनि पिसाब च्यापेर सोध्दै खोज्दै बढो मुस्किलले सहदै बसन्तपुरमा पुगी पिसाब गरेको घटना सुनाए अनि त्यो बारेमा उनले आफ्नो देशमा पुगी नेपालमा सौचालय नहुँदा परेको समस्या भनेर आफ्नो यात्रा बृतान्त दैनिक पत्रीका मा प्रकाशन नै गरेको कुरा सुनाउदा उपस्थित सबैजना गलाल्ल हासे तर म आफ्नो देशको बेइज्जत भएकोमा सार्हो नमज्जा लागेर आयो । र त्यहाँ फोरमलाई आस्वाशन दिदै मैले थप भने कि , अब केहि गर्ने सरकार आएको छ हाम्रो देशमा । तसर्थ अहिले त हाम्रो राजधानीमा धेरै सौचालयहरु बन्दैछन अनि बनाउन नमिल्ने स्थानमा घुम्ती सौचालयहरु स्थापना भइ नै सकेका छन भनेर झुट बोलेर भए पनि देशको बेइज्जत हुनलाई जोगाउने कोशीस त गरे तर उनिहरु कत्तिको बिश्वस्त भए त्यो त भन्न सकिन्न ।

आज सम्म कठमाण्डौ उपत्यकाले कत्ती धेरै मेयर्, साम्सद , वडा अद्यक्ष , मन्त्री, प्रधानमन्त्री अनि अन्य ठुला बडा धेरै   नेताहरु पायो, सबैले आफ्नो नेतृत्वको कार्यकाल अत्यन्तै सफल भएको भनेर स्वेतपत्र जारी गरे तर हाम्रो राजधानीमा यात्रा गर्ने जो सुकैलाई आइपर्ने सबैभन्दा ठुलो हाउगुजी भनेको सौचालयको असुबिधा हो । तर म बिगत डेड दशक देखी राजधानीमा अध्ययन, बेरोजगारी अनि नोकरी सबै स्टेजमा बसिरहादा मनमा खड्किरहने १ सवाल हो अपर्याप्त सौचालय जनसङ्ख्याको चपलाई हेर्दा अहिले निश्चित स्थानहरुमा मात्र नाम मात्रको सौचालय छ । त्यसमा न त पानी हुन्छ न त कुनै सरसफाइ । त्यो पनि सबै ठाउमा भएको भए त कमसे कम “नहुनु मामा भन्दा  कुन्नी के जाती मामा त जाती” हुन्थ्यो होला नि । बालुवाटार निर  पिसाब लगेको मान्छे बिसर्जन गर्न रत्नपार्क आउनु पर्छ ।

अनि त्यो बिचमा उनको मानसिक पिडा कस्तो हुदो हो । झोला भरी सर समान र तरकारी बोकेर सार्बजानिक सौचालय खोज्दै भौतारिने ठुली आमालाई सोध्दै थाह हुन्छ यसको पिडा, केहि उपाय नलागेपछी जो घर मै पुगेर पिसाब फेर्छु भनेर चढेको सफा टेम्पोले ५ किलोमिटर पार गर्न जाम को कारण १ देखी डेड घण्टा लगाउदा त्यो बेलामा उनको मनमा के पानी जहाँज र रेलको बिकास ल्याएर ‘शुखी नेपाली समृद्ध नेपाल’ को नारा सफल भएको मान्छिन होला त ।अझ पुरुष हरु को तुलना मा महिला दिदी बहिनीहरुले हाम्रो राजधानीमा यो समस्या प्रत्यक दिन नै झनै बढी सहनु परी रहेको छ । किन कि स्वभाबै ले महिलाहरु अरु मानिसहरु सँग अनि पसल तिर गएर पिसाब लागेको र आफु सौचालय खोजिरहेको कुरा ब ताउन सक्दैनन । अनि यो बिसम अवस्था मा उनिहरु मा सहनु बाहेक अरु कुनै बिकल्प पनि हुँदैन । सार्है गार्हो परेको अवस्थामा म त अस्पताल नजिक हुँदा त्यही छिर्ने गरेको छु अन्य तिर त जुन घरमा पनि अनि जुनै पसलहरुको सबै सौचालयहरुमा भोटे ताल्चा लगाएको हुन्छ तर सबै स्थानमा अस्पतालहरु त हुन्नन नि ।

यो बिसयमा केहि लेख्नुपूर्व मैले एकजना चिकित्सक सँग पानी र बिसाबको बिसयमा केहि जिज्ञासा राख्दा उनको निस्कर्स यस्तो थियो “पानी प्रसस्त पिइएन भने रोग लाग्छ अनि पानी पिएर सो पानीलाई पिसाबको रुपमा समय मै बिसर्जन गर्न सकिएन भने सो ले झन ठुलो समस्याहरु जस्तै मृगौला, पत्थरी लगाएत का रोगहरुले अक्रान्त पार्ने प्रबल सम्भावना हुन्छ अरे” सरकारले खुला ठाँउमा पिशाव गर्न निरुत्साहित गर्नका लागी भित्ता भित्तामा भगवान्को फोटो पनि टास्यो, ठुला ठुला अक्षरले चेतावनी पनि लेख्यो र खुला दिसापिशावमुक्त क्षेत्रपनि घोषणा गर्‍यो तर सुलभ शौचालय भने बनाएन । घोषणा जेसुकै गरिएता पनि चेतावनी जेसुकै लेखिएता पनि जुनसुकै ठाँउमा जुनसुकै समयममा जोसुकै व्यक्तिलाई पिशाव लाग्नसक्छ । पिशाव लागेपछिको उपाय सबैको एउटै हुन्छ, फरक यति हो त्यो कहिले हाम्रो नियन्त्रणमा हुन्छ कहिले हुदैन ।

स्वास्थ्यकै दृष्ट्रिकोणले हेर्ने हो भनेपनि दैनिक तीन देखी चार लिटर  लिटरसम्म पानी पर्छ र स्वास्थ्य व्यक्तिले औसत रुपमा आधी लिटरजति पिशाव २४ घण्टामा फाल्नुपर्ने हुन्छ । यदि समय समयमा यसो नगर्ने हो भने मिर्गौला, मुत्रनली, मुत्रथैलीका समस्याहरु लगायतका अन्य स्वास्थ्य समस्याहरु देखिन सक्दछन् । हाम्रा सरकारी सम्यन्त्र देखी निलो नम्मर प्लेट वालाहरुलाई आवाश्यक भन्दा छिटो नतिजा देखाउनु परेको छ त्यसैले त धमाधम हाम्रा प्राय सबै जिल्लाहरु खुल्ला दिसा पिसाब मुक्त घोशणा भए तर त्यो सबै इलजिकल घोशणा बाहेक अरु हुन सकिन किन राजधानी जस्तो स्थानमा त एकाध भएका सौचालय प्रयोग मा छैनन भने अन्य ठाउ को त झन कुरै छोडौ । अनी पुर्वाधार बिना को डेभलपमेण्ट ले कहिलै दिगो पना दिन्छ होला र ? यो सोचनिय बिसय भएको छ । हाम्रो मुलुक समाजबाद उन्मुख भन्न लाई त भनिन्छ तर अझै पनि केहि बचे खुचेका केहि सार्बजानिक सौचालयमा पिसाब - ५ , दिसा - १० लेखिएको देख्दा समाजबादको सिद्दान्त प्रतिपादन गर्ने समाजशास्त्रीहरु नै कुरी कुरी गर्दा हुन हाम्रो मुलुकमा यसको ब्याख्या र यसलाई परिभाशित गरेकोमा ।

यो आलेख लेख्नु पूर्व मैले गरेको स्थलगत अध्ययन र सरोकारवालाहरु सँगको छलफलबाट डाटा सहितको यो निचोड निस्कियो कि, हाम्रो उपत्याकामा ५९ ओटासार्बजानिक सौचालयहरु रहेछन त्यी मध्य केवल २२ ओटा सन्चालन भएको पाइयो अनि त्यी मध्य केवल १३ ओटामा पानीकोउपलब्धता पाइयो भने त्यी मध्य केवल ४ ओटा मा मात्र बिदेशीहरुले सौच गर्न सकिने खालको मेरो स्थलगत रीपोर्टमा पाइयो ।

सबै कुरा सरकार प्रमुखलाई थाह नहुन पनि सक्छ त्यसैको लागी त हो नि पि. ए. र सल्लाहकारहरु नत्र बालुवाटारको चिया बिस्कुट मात्र सक्न तिनिहरुलाई फोकटमा के पालिराख्नु । सल्लाहकार अनि सहयोगीहरुको लर्को ताती जसले प्रधानमन्त्रीलाई फेक डाटा र फेक इन्फरमेशनको बृफिङ गरी रुमल्याइरहेको छन । अनि त सरकारले यो बिसयमा सोच्नै सकेको छैन कि काठमान्ण्डौ उपत्यकामा हिडडुल गर्नेलाई कत्तीको असहज भैरहेको छ सार्बजानिक सौचालयको अभावमा । यो आपतको समयमा सबैभन्दा बढी सरापिने एबम गाली खाने निकाय भनेको राज्य हो । हो म यो जान्दछु कि ठुला ठुला बिकाशको काम जादुको छडी झै छुमन्तर भनेर हान्न साथ तुरन्तै हुन्न तर त्यती सामान्य भन्दा सामान्य टोइलेट त बनाउन सकिन्छ नि हौ । बनाउन सम्भव नभएको स्थानमा घुम्ती सौचालय बनाउन सकिन्छ नि । अनि बर्तमान सरकारले जत्ती नै राम्रो काम गरेको भए पनि त्यो बेला पक्कै पनि सरकारलाई जाबो यत्ती ट्वाइलेट समेत बनाउन नसक्ने सरकार भनेर सत्तोसराप गर्ने हुँदा सो अबगालबाट बच्न अनि सबैको लोकप्रिय हुन भए पनि राजधानी लागायत अन्य बाक्लो बस्ती भएका शहरहरुमा यथासक्दो चाडो सौचालय बनाउन पहल कदमी गर्नै पर्छ नत्र यो सरकार पनि यस अघीका सरकार भन्दा के फरक रहेछ र आखिर सर्बसाधारणहरु लाई “त जुन जोगी आए पनि कानै चिरेको” त हो नि भनेर उपत्यकामा बस्ने वा यात्रा गर्नेहरु निरुत्साहित हुनै लागेका छन ।

सल्लाहकारहरुले यी र यस्ता जनचासोको बिसयमा जानकारी नगराउदा पक्कै पनि यस्ता बिसयले प्राथमिकताका साथ गती लिन नसकेको नपाएको । यदी यो आलेख सयोगबश प्रधानमन्त्रीको नजरमा पुज्ञो भने उहाको सहयोगी र सल्लाहकारले कसरी मुख देखाउदा हुन । यो केटोको आलेखमा खाली नन इश्यु लाई इश्यु बनाएर आर्टिकल लेख्ने गर्दछ भन्न सक्छन यो समस्यामा कहिल्यै नपर्ने सरकारका हनुमानहरुले तर यो हेर्दामा सानो बिसय भए पनि काठमाण्डौमा बस्ने जो कोहीलाई पनि सोध्दा हुन्छ कि यो कत्ती महत्वपुर्ण इश्यु हो भनेर , यि महत्वपुर्ण र अपरिहार्य मुद्दालाई कसैले ध्यान पुर्याएको पाइदैन हाम्रो सरकार बरु ठुला ठुला बिकासको मुद्दामा केन्दृत देखिन्छ । हो पानीजहाँज पनि चाहिन्छ ,  रेल पनि चाहिन्छ तर आवस्यकतामा पनि सबै भन्दा पहिला गरिनु पर्ने प्राथमिकताका बिसयबाट के के हुन भनेर प्राथमिकिकरण गरेर गर्न सकियो भने सबै को लागी वास्तब मै राज्य भएको भान हुन्छ । हरेक डेभलपमेण्टले प्रगती हासिल गरेको कुराको मापन गर्ने इण्डिकेटर भनेको भिजिबल अर्थत दृश्यात्मक हुनु पर्छ । यो कुरा म जस्तो फुच्चो लेखक ले लेख्दा कहाँ हराउछ थाह हुन्न तसर्थ  हाम्रा ठुला मिडियाहरुले यस्ता समस्याहरुलाई प्राथमिकता का साथ स्थान दिन सकेमा यसले सरोकारवाला हरुको चाडै ध्यानाकर्शण हुन सक्छ ।  

हालै नेपालमा तातेको ७० करोड रकमले प्रती सौचालय दश लाख नै खर्च भए ता पनि ७०० ओटा सौचालय बनाउने पुग्ने रहेछ । जसले हाम्रो राजधानी लाई कत्ती सुन्दर बनाउथ्यो होला अनि हामी जस्ता सर्बसाधारणहरुले कत्ती मज्जाले चैनको सास फेर्न सक्थ्यौ होला । पुर्वाग्रहा नराखी एक पटक गहिरिएर सोच्नुस त । यो मुद्दालाई प्रधानमन्त्रीको कानसम्म पुर्याइदिएमा पक्कै पनि केहि न केहि पहल कदमी हुनेछ । यो मुद्दालाई जती सक्दो चाडो जुन माध्यमबाट काम हुन्छ त्यही माध्यमबाट प्रधानमन्त्री सामुन्ने पुर्याउन सकिएको अवस्थामा केहि न केहि मदम चल्ने छ अनि अनि मात्र हाम्रो पर्यटन उधोगले पनि फस्टाउन पाउछ अन्यथा हाम्रो महत्वकाक्षी योजना ‘भिजिट इएर २०२०’ सफल होला अन्यथा यो केवल नारा मै मात्र सिमित हुन बेर लाग्दैन । अनि माथी सुरुवातमा उल्लेख भए अनुसार कुनै नेपालीहरु पनि अरुका अगाडी कुनै पनि फोरममा लज्जाबोध हुनु पर्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ