arrow

काठमाडौंसहित पूर्वमा नयाँ स्थानीय वर्षा गराउने प्रणाली पैदा

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सतिष श्रेष्ठका अनुसार अधिकांश भूभागमा बदली भएको छ । पश्चिमतिर हट्दै गएको र पूर्वतिर जारी रहेको छ । पूर्वी क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । 

पश्चिमतिर बढी वर्षा भएको छ । वीरेन्द्रनगरमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ । मंगलबार दिनभरको हिसाब गर्दा सबैभन्दा बढी भैरहवामा ४९.६ मिलिमिटर पानी पर्यो । 

काठमाडौं उपत्यकामा पनि मंगलबार रातभर वर्षा भएको छ । बुधबार बिहानको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियससम्म हुनेछ । 

साँझतिर काठमाडौं उपत्यकासहित दक्षिणी तराईमा पुनः वर्षा हुनेछ । नयाँ स्थानीय प्रणाली भित्रिएर त्यसले वर्षा गराउने भएको मौसमविद् श्रेष्ठले जानकारी दिए । 

देशका मध्य तथा पुर्वी भूभागका साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशखाले अनुरोध समेत गरेको छ । 

बिहीबारदेखि भने मौसममा सुधार आउने छ । 

यस्तो छ बिहीबार र शुक्रबारको पूर्वानुमान–
फागुन १५ गते बिहीबार 

दिउँसोः देशको पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १६ गते शुक्रबार

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य र पूर्वी भूभागमा आंशिक बदली रहनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ