वामदेव गौतमलाई चिमोट्न प्रदीप ज्ञवाली पनि सक्रिय !
प्रकाशित २०७६ फागुन १४ बुधबार
525
Shares
काठमाडौं । अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभिन्न गुट उपगुट मौलाउँदो छ । यो गुटले यतिसम्म गरिरहेको छ कि कोही उठ्न खोजे त्यसलाई हजार ठाउँबाट आरोप प्रत्यारोप लगाएर थला पार्न खोजिदैछ ।
त्यही भइरहेको छ उपाध्यक्ष वामदेव गौतममाथि पनि । उनलाई भिलेन बनाउने अनेक प्रयास रचिएका छन् । त्यही प्रयास स्वरुप अहिले आएको छ उनलाई राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री निवास बालुवाटारमा वासको व्यवस्था ।
खासमा उनलाई प्रधानमन्त्री बनाउन खोजिएको हो भन्ने परिकल्पना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली ज्यूँदो हुन्जेल सम्भव हुने कतै पनि देखिँदैन ।
अकाट्य शत्रुका रुपमा रहिरहेका ओलीले उनलाई प्रधानमन्त्री बनाउन नभई बचेखुसेको साख समेत मेटाएर राजनीतिबाटै टाढा फाल्न बहिस्कृत योजना अन्तर्गत अगाडि सोरेको आशंका बढ्दै छ ।
अहिले संविधान संशोधन गरेर मात्र वामदेवलाई राष्ट्रियसभा मार्फत ल्याउन सकिन्छ । तर तत्काल त्यो सम्भव छैन ।
पहिले संविधान संशोधनका लागि कार्यदल बनाइयो । तर त्यो अपुरो छ । माधव नेपाललाई कार्यदल संयोजक बनाइयो । अब आएर कार्यदलमा ओलीका आफ्नाहरुले नबस्ने भने ।
अनि ओलीकै आफ्नाहरुले निरन्तर प्रतिक्रिया दिइरहेका छन् ।
पछिल्लो समय परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जोडिएका छन् । उनले नेकपाले कुनै पनि हालतमा यो कदममा लाग्नु नहुने सन्देश दिँदै पार्टी राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘कमरेडहरू,गतस्निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो९स्थिरता र समृद्धिको अपिल।तर कहिले आलोपालो प्रमं त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस। के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको होरु’
जानकारहरु भने यो भनाइलाई पनि ओलीको किस्ताबन्दीमा आएको योजनाको एक सन्देशमात्र भएको भनी बुझिरहेका छन् ।